बर्दियाको राजापुरमा गर्भवती तथा सुत्केरी महिलाहरुलाई राजापुर नगरपालिका द्वारा दुध वितरण शुभारम्भ, आफ्नो कार्यकाल रहदासम्म कार्यक्रम लागु गर्ने नगर प्रमुख थारुको भनाई ।

बर्दियाको राजापुरमा गर्भवती तथा सुत्केरी महिलाहरुलाई राजापुर नगरपालिका द्वारा दुध वितरण गर्न थालेको छ ।

 

राजापुर नगरपालिकाको १० वटै वडाका गर्भबती तथा सुत्केरी महिलाहरुलाई सुत्केरी हुनु अघि र पछि गरी ६० दिन दैनिक १ लिटर दुध दिने भएको हो ।

राजापुर नगरपालिकाको वडा नं. ५ मा आज गर्भवती तथा सुत्केरी महिलालाई दुध वितरण कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथिको आसनबाट बोल्दै राजापुर नगरपालिकाको नगर प्रमुख दिपेश थारुले नगरभरका सामुदायिक विद्यालयका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा ४८ प्रतिशत रक्त अल्पता भएका, कुपोषित, सिकलसेलका धेरै बालबालिका भेटिएकाले कार्यपालिकाबाट बालबालिकाको स्वास्थ्य सुधारमा २ महिना ६० लिटर दुध सहयोग गर्ने प्रस्ताव पारित गरेर महत्वपूर्ण निर्णय गरेको वताउनु भयो ।

नगरपालिकाले कुपोषण हटाउन र महिलालाई पोषिलो खाना उपलब्ध गराउने कार्यक्रमले किसानलाई समेत सहयोग पुग्ने र आफ्नो कार्यकालसम्म दुध वितरण गर्ने वताउनु भयो । कार्यक्रमका सभाध्यक्ष वडा नं. ५ का वडाध्यक्ष रमेश दहितले स्थानीय सरकारले जनतालाई कसरी सेवा पु¥याउन सकिन्छ भन्ने उद्देश्य अनुरुप यो कार्यक्रम सुरु गरेको हो ।

 

सुत्केरी जाँचको अन्तिम पटकदेखि पछि ६० दिनसम्म दुध दिइने र यसको लक्षित व्यक्तिले नै खानु पर्ने पनि बताउनु भयो । कुपोषित बच्चामा विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले दुध वितरण नै उपयुक्त मानेर कार्यक्रम गरेको वताउनु भयो ।

दुध वितरण गर्ने जिम्मेवारी पाएको कुश्मेश्वर दुध खरिद बिक्री केन्द्रका सञ्चालक डम्बर खत्रीले वडाले दुध वितरण गर्ने स्थान र समय तोकेकाले सोही स्थान र समयमा उपस्थित हुन पनि आग्रह गर्नु भएको छ । राजापुर नगरपालिकाले नगर भर करिब ८ सय बढी गर्भवती र सुत्केरी महिलालाई पालिकाले १ लिटर दुध दिने भएको छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com