सक्रिय गुरुवाहरुलाई सम्मान, निस्वार्थ समाजसेवामा लाग्ने गुरुवाको प्राचीन उपचार विधि संरक्षण गर्नु पर्ने वडा न. ३ वडा अध्यक्ष प्रसादु थारुको भनाई ।

मिन अधिकारी

बर्दियाको राजापुरमा आज गुरुवाहरुलाई सम्मान गरिएको छ । राजापुर नगरपालिका वडा नं. ३ को कार्यालयले आज वडामा रहेर सक्रियताका साथ प्राचीन उपचार विधिमा संलग्न गुरुवाहरुलाई सम्मान गरेको हो ।

 

वडाले आफ्नो स्वीकृत बजेटबाट छुट्याएको ३० हजार बराबरको २६ । २६ थान छाता र टर्च वितरण गर्दै सम्मान गरेको हो । वडामा ४३ जना समाजसेवी गुरुवाहरुको नामावली प्राप्त भए पनि यस वर्ष छुट्याइएको बजेटबाट संयुक्त रुपमा गुरुवाहरुलाई सम्मान सोरुप छाता र टर्च वितरण गरेको छ ।

वडामा सक्रिय दुबै टोलीका अध्यक्षहरु कुलराम थारु र दुहना थारुले वडाबाट प्रदान गरेको सामान बुझ्दै आफुहरुलाई वडाले गरेको सहयोगले समाज सेवामा लाग्न थप बल पुगेको भन्दै धन्यवाद सहित सहयोग निरन्तर गर्न आग्रह गर्नु भएको थियो ।

 

गाउँघरमा प्राचीन उपचार विधिका माध्यमले धेरैको ज्यान जोगिएको भन्दै उच्च सम्मानका साथ गुरुवाहरुलाई सहयोग गर्न पाउँदा वडा कार्यालय परिवार खुशी भएको वडाध्यक्ष तथा गुरुवाहरुलाई सम्मान कार्यक्रमका सभाध्यक्ष प्रसादु थारुले बताउनु भयो ।

 

रात विहान नभनेर समाज सेवामा निस्वार्थ समर्पित ज्यातिष तथा गुरुवाहरुको प्राचीन उपचार विधिलाई संरक्षण गर्नु पर्ने र सेवालाई सहज बनाउन धेरै आवश्यकता रहे पनि उहाँहरुको माग अनुसार सेवालाई निरन्तरता दिने भन्दै कार्यक्रमको समापन गर्नु भएको थियो । वडा सदस्यहरुको उपस्थितिमा वडा नं. ३ को नवनिर्मित भवन प्रयागपुरमा गरिएको कार्यक्रमको सञ्चालन वडा सचिव सोनु सिजापति मगरले गर्नु भएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254