नगर स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, विद्यार्थीहरुमा सकारात्मक भावनाको विकास हुने प्रमुख अतिथि चौधरीको विश्वास ।

पुरुषोत्तम खनाल

बर्दियाको राजापुर नगरपालिकामा आज नगर स्तरीय अन्तर विद्यालय माध्यमिक तह हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

हाजिरी जवाफ प्रतियोगिता लाइ प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राजापुर नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष रमेश दहितले विद्यार्थीहरुको मेहनत निकै धेरै रहेको बताउनु भयो ।

 

नगर पालिका भरका विद्यालयहरुमा गरिने शैक्षिक कार्यक्रममा नगरपालिकाको लगानी हुने भएकाले सबै विद्यालयहरु राजापुर जस्तै सक्रिय भएर लाग्नु पर्ने वताउनु भयो । बौद्धिक खेलहरुमा प्रतिस्पर्धी हुने विद्यार्थीहरु अत्यन्तै चलाख, जिज्ञासु, र चौतर्फी विषयवस्तुमा रुचि राख्ने हुनु पर्ने भन्दै आजको सफलताले मात्तिन र असफलताले आत्तिन नहुने निरन्तर मेहनत गर्न सुझाव दिदै नगरस्तरीय जस्तो प्रतिस्पधामा सहभागी नहुने विद्यालयको मूल्याङ्कन कम्जोर हुने धारणा राख्दै असल नागरिक बनेर प्रगति गर्दै अघि बढ्न पनि शुभकामना दिनु भएको थियो ।

 

 

कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई धन्यवाद र बधाई दिदै विशिष्ट अतिथि वडा नं. ४ का वडाध्यक्ष विदुर पोख्रेलले शिक्षा किताबी ज्ञानले मात्रै पुरा नहुने भन्दै यस्ता अतिरिक्त क्रियाकलापको आयोजना हुनु पर्ने र हारजितले अझै लगनशील, मेहनती, अनुशासित बन्न सहयोग पुग्ने धारणा राख्दै सबै सहभागी अब्बल रहेको भन्दै सफलताको शुभकामना दिनु भएको थियो ।

 

अमर शहीद श्री दशरथ चन्द मा वि राजापुरको आयोजनामा राजापुर नगरपालिकामा सञ्चालित ९ वटा सामुदायिक विद्यालयहरुमा ८ वटा र ५ वटा संस्थागत विद्यालयहरु गरी १३ टिमको उत्साहपूर्ण सहभागितामा प्रतियोगिता सम्पन्न भएको हो ।

 

प्रतियोगितामा राजापुर ४ को रिनेसाँ मा वि प्रथम, वडा नं. १० को श्री जनचेतना मा वि मंगलपुर द्वितीय र वडा नं. ५ को श्री किसान मा वि बदालपुर खल्लाजयपुर तृतीय भएका थिए । सहभागी संरक्षक शिक्षकहरुको तर्फबाट मन्तव्य राख्दै रिनेँसा मा वि का शिक्षक शिवाङ्ग दाहालले राजापुर विद्यालयले नगर स्तरीय कार्यक्रम गर्नु निकै सह्रानीय कार्य भएको बताउनु भयो ।

 

सबै विद्यालयमा हरेक शुक्रबार विभिन्न दिवसका दिन कार्यक्रमहरु गरिए पनि नगर स्तरीय प्रतियोगिताहरुले सकारात्मक प्रतिस्पर्धाको भावना बढ्ने भन्दै शुभकामना दिनु भएको थियो । आयोजक विद्यालय अमर शहीद श्री दशरथ चन्द मा वि राजापुरका प्रधानाध्यापक सरोज कुमार झा ले आजको जस्तो प्रतिकुल मौसममा पनि धेरै विद्यालयले निम्ता स्वीकार गरी सहभागिता गराएकोमा धन्यबाद दिदैँ आजको उत्कृष्टले अझैँ मेहनत गर्न र अरु बाँकी टिमले पनि उत्कृष्ट बन्ने लक्ष्य लिएर पढ्नु पर्ने भन्दै शुभकामना दिनु भएको थियो ।

 

 

कार्यक्रमको समापन गर्दै शिक्षक अभिभावक संघ ( एत्ब्) का अध्यक्ष जयराम थारुले आजको कार्यक्रमले विद्यार्थीमा पढ्ने वातावरण विकास हुने वताउनु भयो । नगरपालिका भर जहाँ पढेपनि विद्यार्थी हाम्रै भएकाले किताबसँगै प्रतिस्पर्धाका साझा कार्यक्रमहरु गर्न सके सिकाइ बढ्ने भन्दै सबै शिक्षक कर्मचारी, विद्यार्थीहरुलाई धन्यवाद सहित समापन गर्नु भएको थियो ।

 

विद्यालयको शिक्षक अभिभावक संघ ( एत्ब्) का अध्यक्ष जयराम थारुको सभाध्यक्षतामा आयोजित हाजिरीजवाफ प्रतियोगिताको प्रमुख अतिथि राजापुर नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष रमेश दहित विशिष्ट अतिथिमा वडा नं. ४ का वडाध्यक्ष विदुर पोख्रेल तथा विभिन्न विद्यालयका संरक्षक शिक्षकहरु अतिथिका रुपमा रहनु भएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com