बर्दियाको राजापुरमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न, वडाले सक्दो सहयोग गर्ने दहितको प्रतिवद्ध

बर्दियाको राजापुरमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

 

राजापुर नगरपालिका वडा नं. ५ को वडा कार्यालयमा समावेशी तथा दीगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार भन्ने नाराका साथ अन्तरक्रिया सम्पन्न गरिएको हो ।

राजापुर नगरपालिका वडा नं. ५ मा आयोजित कार्यक्रमको सभाध्यक्षताको आसनबाट बोल्दै वडाध्यक्ष रमेश दहितले कोही पनि शारीरिक रुपले अशक्त र अपाङ्ग हुन चाहन्न रहर हुदैन विभिन्न कारणले अशक्त र अपाङ्ग भएका व्यक्तिहरुलाई अरु जस्तै समान व्यवहार र नेतृत्वको अवसर प्रदान गर्नु पर्दछ भन्ने धारणा राख्नु भयो ।

अपाङ्गहरु वैज्ञानिक, लेखक, विद्वान, दाशनिक, सफल व्यवसायी र नेतृत्वकर्ता भएका उदाहरणहरु धेरै नै रहेको भन्दै सबैले उहाँहरुको प्रगति र विकासका लागि सहयोग गर्नु पर्ने र उनीहरुलाई आवश्यक पर्ने ह्व्ल चियर लगायतका सामान सहयोग गर्ने प्रतिवद्धता गर्नु भयो । महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रिता चौधरीले सहजीकरण गरेको कार्यक्रममा स्वागत मन्तव्य सदस्य सविता परियारले दिनु भएको थियो । वडाका सरोकारवालाको सहभागितामा वडा कार्यालयको हलमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव अमित चौधरीले गर्नु भएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254