राजापुर क्षेत्रका दुबै पालिकामा पाँच संस्थाले अनुसन्धान गर्दै, खानेपानी र कर्णाली जलाधार तल्लो क्षेत्रको अनुसन्धान हुनेमा स्थानिय वासीको विश्वास ।

मिन अधिकारी

बर्दियाको राजापुरमा जल वायु परिवर्तन अनुकुलन, सामाजिक समावेशीकरण तथा खानका लागि पानी व्यवस्थापन प्रवद्र्धन परियोजना (क्लासिक) ले परियोजनाको जानकारी तथा सार्वजानिकीकरण गरेको छ । थारु महिला उत्थान केन्द्र बर्दियाले कार्यक्रममा राजापुर क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा खानेपानीको अनुसन्धान गर्ने मुख्य लक्ष्य राखेको छ ।

 

थारु महिला उत्थान केन्द्रले यस परियोजना अन्तर्गत अनुसन्धान र शिक्षा, सचेतना र पैरवी, क्षमता शुद्धीकरण र सशक्तीकरण, नेटवर्किङ र ज्ञान आदानप्रदान र प्रसार, नीति र योजनामा सहयोग गर्ने लगायतका कामका वारेमा उपस्थित विभिन्न क्षेत्रका सरोकारवालालाई सहजीकरण गर्दै भवानी ढङ्गोलले वताउनु भयो ।

नेपालको तल्लो कर्णाली जलाधार क्षेत्रमा जलवायु उत्थानशील र सामाजिक समावेशी जल व्यवस्थापन प्रर्वद्र्धन गर्ने उद्देश्यका साथ संस्थाहरुले राजापुरमा ३ वर्षसम्म अनुसन्धानका कार्य गर्ने क्रिडाक नेपालका कार्यक्रम निर्देशक गीता पाण्डेले जानकारी दिनु भयो । कार्यक्रमलाई संबोधन गर्दे गेरुवा गाउँपालिका ३ का वडाध्यक्ष निर्मल थारुले राजापुर क्षेत्र जंगली जनावर र बाढीबाट पीडित भएकाले यस क्षेत्रको भौगोलिक अवस्थाको तथ्यपरक अनुसन्धान गर्दा यस क्षेत्रको वरघरहरुलाई पनि समेट्न सके अझै विश्वसनीय हुने र राज्यले समेत समस्या समाधानमा लगानी गर्ने आफुले विश्वास लिएको बताउनु भयो ।

 

सहभागीका तर्फबाट बोल्दै गेरुवा गाउँपालिकाको विपद् फोकल पर्सन कृष्ण सोडारी र तयार नेपालका कार्यक्रम संयोजक लोक नारायण पोख्रेलले यस क्षेत्रको विपदका बारेमा जानकारी गराउनु भएको थियो । परियोजनामा सहभागी हुने पाँच वटा संस्थाले फरक फरक क्षेत्रमा अनुसन्धान गर्ने र यस क्षेत्रको स्थानीयसँग उत्थान केन्द्रले समुदायको परिचालन र क्षमता विकासका लागि महत्वपूर्ण भूमिका खेल्न सबैले सकारात्मक सहयोग गर्नु पर्ने भन्दै थारु महिला उत्थान केन्द्र बर्दियाकी कार्यकारी निर्देशक थारुले कार्यक्रमको समापन गर्नु भएको थियो । थारुमहिला उत्थान केन्द्रका कार्यक्रम संयोजक तेजमणी पन्थले संचालन गरेको कार्यक्रमको सभाध्यक्षता केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले गर्नुभएको थियो ।

 

परियोजनाको साझेदार संस्थाहरुमा थारु महिला उत्थान केन्द्र, आइएचइ डेलेफ्ट, द स्माल अर्थ नेपाल, त्रिभुवन विश्वविद्यालय र किर्डाक नेपाल रहेको परियोजनाको कुल लागत करिब ५ करोड ६० लाख रहेको छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com