बर्दियाको राजापुरबाट नेपालगञ्ज तर्फ गइरहेको WINGER को स्टेरिङले काम नगरेको कारण अनियन्त्रित भई दुर्घटना हुदा उक्त WINGER दुर्घटना हुदाँ चालक सहित १० जना घाइते भएका छन् ।

बर्दियाको राजापुरबाट नेपालगञ्ज तर्फ गइरहेको WINGER को स्टेरिङले काम नगरेको कारण अनियन्त्रित भई दुर्घटना हुदा उक्त WINGER दुर्घटना हुदाँ चालक सहित १० जना घाइते भएका छन् । भे १ ख २५७१ नम्बरको फोर्स गाडी राजापुर नगरपालिका वडा नं. १० राम जाने चोक नजिकै दुर्घटना भएको हो ।

दिउँसो करिब ४:३० बजेतिर राजापुरबाट नेपालगञ्ज गइरहेको गाडी दुर्घटनामा परेर ४ जना सामान्य र ६ जना गम्भीर घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय राजापुरको अस्थायी ट्राफिक पोष्टका प्रमुख बरिष्ठ हवल्दार चाम बहादुर चौधरीले गाडीमा १०जनामात्रै यात्रु र २ जना चालक र सहचालक रहेको र तीब्र गति भन्दा पनि प्राविधिक समस्याले दुर्घटना भएको चालकले वताएको जानकारी दिनु भयो ।

आज भएको दुर्घटनामा बाँके नेपालगञ्जका जंगवीर विश्वकर्मा, कञ्चनपुरकी विश्ना डगौरा, गेरुवा ६ मनाउकी गंगा र जमुना थारु, गेरुवा ५ गणेशपुरका रुपलाल जैसी, दाचुर्ला महाकालीको भवान सिंह महरा, कञ्चनपुर दोधारा चाँदनीका उमेश रोकाया, नगरपालिकाको भारत भरथापुरको सुगन्ती थारु, बाँकेको खजुरा बस्ने चालक गोविन्द विक बर्दिया गुलरिया ४ तुलापुरका शिव चौहान सहचालक भएका छन् ।

दुर्घटनामा परी सामान्य घाइते भएका ४ जनाको राजापुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा र गम्भीर ६ जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय राजापुरका सई जयप्रकाश भट्टले जानकारी दिनु भयो हो । राजापुरबाट छुट्ने साना गाडीले सीट क्षमताभन्दा धेरै यात्रु राख्ने र तीब्र गतिमा गाडी चलाउने गर्दा पनि ट्राफिक प्रहरी मुकदर्शक हुने गरेको स्थानीयको आरोप छ ।

बाटोमा यात्रु टिप्न कै लागि तीब्र गतिमा गाडी चलाउने, ठाउँठाउँमा विना मतलब लामो समय रोक्ने गर्दा पनि प्रहरीले कुनै प्रतिक्रिया नगर्ने उल्टै चालक र सहचालकसँग जिस्कने गर्दा राजापुर नेपालगञ्ज रुटमा चल्ने गाडी पटकपटक दुर्घटनाको जोखिममा पर्ने गरेको राजापुर नगरपालिका ८ का स्थानीय बलबहादुर थारुले वताउनु भयो ।

चिसापानीमा रहेको पुलबाट आवागमन बन्द गरिए पछि सुदुरपश्चिमसम्मका गाडी राजापुरबाटै जाने भएकाले शान्ति बजारको ट्राफिकलाई समेत सहयोगी बनाएर चेकजाँच गरिरहेको ट्राफिक हवल्दार चौधरीको भनाई छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254