राजापुर नगरपालिकाका सामुदायिक विद्यालयले विभिन्न बहानामा शूल्क उठाउँदै,

बर्दियाको राजापुर नगरपालिकामा सामुदायिक विद्यालयले विभिन्न बहानामा शूल्क लिने गरेका छन् ।

नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा भनि रहँदा राजापुरमा सञ्चालित माध्यमिक विद्यालयहरुले शूल्क लिने गरेको आभिभावक तथा विद्यार्थीहरुले गुनासो गरेका हुन् । राजापुरमा चलेका माविहरुले कक्षा ८, १०, ११ र १२ को आन्तरिक मूल्याङ्कनका नाममा विद्यार्थीसँग शूल्क लिने गरेका छन् ।

नगरपालिकामा सञ्चालित अधिकांश मावि विद्यालयले रजिष्ट्रेशन र परीक्षा शूल्क वापत कक्षा ९ मा ३ सय लिनु पर्नेमा ५ सयसम्म, कक्षा १० को ७५० लिनु पर्नेमा १ हजारसम्म ११ र १२ को ६ सय लिनु पर्नेमा ७ सय रुपैया सम्म लिने गरेका छन् । विद्यालयले दिने मूल प्रमाण पत्र सर्टिफिकेटको २५० मात्रै लिनु पर्नेमा १५ सय सम्म लिने गरेको छन् ।

नगरपालिकाले राजापुरमा निःशुल्क शिक्षा दिने भन्दै घोषणा गरेपनि आफूहरुले शैक्षिक गतिविधि सञ्चालन कै लागि बाध्य भएर अभिभावकसँग शूल्क लिने गरेको प्रअहरुले वताउनु भएका छन् ।

राजापुर नगरपालिकाको अग्रणी विद्यालय अमर शहीद दशरथ चन्द मा वि राजापुरका प्रअ सरोज कुमार झा ले नगरपालिकाले ११ र १२ कक्षामा अध्ययन गर्ने विद्यार्थीको संख्याको आधारमा दिने भनेको रकम समेत निकासा नगर्दा विद्यालय सञ्चालनमा समस्या भएको वताउनु भयो ।

सामाजिक विकास समितिका संयोजक रमेश दहितले आफुहरुलाई विद्यालयले बढि रकम उठाएको थाहा नभएको र विल भरपाई अनुसार मसलन्द खर्च स्वरुप प्रा वि, निमावि, मा वि मा रकम दिने गरेको वताउनु भयो । निःशूल्क शिक्षा सञ्चालनका लागि सबै सामुदायिक विद्यालयमा शिक्षा शाखाबाट रकम निकासा गर्ने गरेको भन्दै विद्यालयको विद्युतीय विलहरु नगरपालिकाले तिर्ने र आगामी दिनमा पनि नियमानुसार आवश्यक पर्ने रकम उपलब्ध गराउने उहाँको भनाई छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254