राजापुर नगरपालिका वडा नं. ४ ले उद्घोषण तालिमको सुरुवात गरेको छ ।

राजापुर नगरपालिका वडा नं. ४ ले उद्घोषण तालिमको सुरुवात गरेको छ । युवा युवतीहरुको क्षमता विकासका लागि ५ दिने उद्घोषण तालिमको शुभारम्भ गरिएको छ ।

तालिममा सहभागिलाई संबोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष विदुर पोख्रेलले तालिममा सहभागी सबैले सक्रियताका साथ सिकाई गरेर व्यवहारमा उतार्नु पर्ने वताउनु भयो ।

उहाँले वडाका विकास निर्माणका हरेक काममा युवाको सक्रियता रहे समग्र राजापुरको विकास हुने र सरकारी रकमको सदुपयोग हुने धारणा राख्नु भयो ।

अतिथिको आशनबाट बोल्दै कमैया महिला जागरण समाज नेपालकी फिल्ड सुपरभाईजर सरस्वती चौधरीले देश विकासमा युवाको महत्वपूर्ण भूमिका रहने भन्दै सैद्धान्तिक भन्दा पनि व्यवहारिक ज्ञानका बारेमा कार्यक्रम सञ्चालन गर्न दिएकोमा वडा कार्यालयलाई धन्यवाद दिनु भयो । वडा स्तरीय युवा सञ्जालका अध्यक्ष आकाश गुप्ताको अध्यक्षतामा गरिएको कार्यक्रममा वडा सदस्यहरु, विभिन्न गाउँका ३० युवायुवतीहरु सहभागीता रहेको थियो । पाँच दिने क्षमता अभिवृद्धि उद्घोषण तालिममा सहजीकरण पत्रकार रेडियो साथी एफ एमका स्टेशन म्यानेजर मीन प्रसाद अधिकारीले गर्नु हुने भएको छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254