मुक्त कमैया समाज राजापुर द्वारा दबाबमूलक ¥याली तथा कोणसभा कार्यक्रम सम्पन्न, कमैया र श्रमिकको समस्या समाधानमा पहल गरिदिन स्थानीय सरकार संग अनुरोध ।

मुक्त कमैया समाज राजापुरले आज दबाबमूलक ¥याली तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ ।  मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान भन्दै आज समान कामको समान ज्याला र श्रम अधिकार सम्बन्धी दबाबमूलक ¥याली तथा कोण सभा कार्यक्रम आयोजना गरिएको हो ।

 

मुक्त भएको लामो समय हुँदासम्म पनि कमैयाहरुको जीवन स्तर माथि उठ्न नसकेको र सबैपाटीका नेतृत्वहरुले कमैयालाई प्रयोग गर्दै भोट बैक बनाएर झुक्याउने राजनीति गरेको कचहरी केन्द्र राजापुर मुक्त कमैया समाज नगर समिति राजापुरका अध्यक्ष जगतराम थारुले वताउनु भयो । दिनभर झरी परे पनि नगरपालिकाभर रहेका मुक्त कमैयाहरु आजको कार्यक्रममा सहभागी हुन विभिन्न ठाउँबाट राजापुर आएका थिए ।

कोण सभापछि समितिले राजापुर नगरपालिकाका निमित्त कार्यकारी प्रमुख दलबहादुर चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । याली सहित नगरपालिकामा पुगेका मुक्त कमैयाहरुले जिल्ला दररेट समिति, बर्दियाले आ.व. २०८०÷८१ को लागि स्वीकृत गरेको जिल्ला दररेट अनुसार निर्धारण गरेको ज्याला रु ६५० सुनिश्चित गरियोस ।

कार्य स्थलमा श्रमिकहरुको सुरक्षा सामाग्रीहरुको प्रबन्ध मिलाउने व्यवस्था गरियोस । श्रमिकहरुको सामाजिक सुरक्षा तथा म्यादी बीमाको लागि सम्बन्धित सरोकारवालासंग समन्वयगरि व्यवस्था गरियोस । सबै प्रकारको निर्माण कार्यमा काम गर्ने श्रमिकहरुको लागि अनिवार्य हाजिरी कार्डको व्यवस्था गरियोस । श्रम कार्य क्षेत्रमा हुने कुनै पनि प्रकारको हिंसा, भेदभाव, दुव्र्यवहार र शोषणको अन्त्य गरियोस । श्रमिकहरुलाई ‘काम गरेको ज्याला समयमा उपलब्ध नगराउने सबै निर्माण व्यवसायीहरुलाई नियमन गरियोस ।

 

भौतिक संरचना निर्माण सम्पन्न भएपछि श्रमिकहरुको पनि अनुगमन गरियोस । श्रमिकहरुको लागि सहायता केन्द्रको व्यवस्था गरियोस । आंशिक र नियमित श्रमिकहरुको पहिचाान गरि रोजगारीको सिर्जना गरियोस । श्रम ऐन २०७४ कार्यान्वयन गरियोस लगायतका माग राखेका छन् ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com