अविरल वर्षाका कारण राजापुर नगरपालिकाका गाउँवस्ती तथा विद्यालयहरु जलमग्न, पठनपाठनमा समस्या, आफुहरु उद्धारमा रहेको नगर प्रमुख थारुको भनाई ।

मिन प्रसाद अधिकारी

 

२ दिन अघिदेखि परेको अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकामा बस्ती तथा विद्यालयहरु जलमग्न भएका छन् ।

२ दिन अघिदेखि परेको अविरल वर्षा र झरीले राजापुर नगरपालिकाको वडा नं. १ दौलतपुर, सोनपुर, चनौरा, वडा नं. ३ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय टेडिया, वडा नं. ७ बाजुरा टोल, शंकरपुर वडा नं. ८ को कोइली, सोइली, वडा नं. ९ को श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गोडियाना र दुर्गानगर र प्रहरी चौकी गोडियाना डुवानमा परेको नगरपालिकाको विपत् व्यवस्थापन समितिका फोकल पर्सन खुशीराम थारुले बताउनु भयो ।

 

अहिलेसम्म करिब ३५० घर धुरी र ३ वटा विद्यालयमा पानी पसेको तथ्याङ्क लिइएको र जोखिम अझैँ बढ्दै गएको बताउनु भयो । राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारु वडा नं. १ का स्थानीयलाई उद्धार गर्दै नदीमा पानीको सतह बढ्दै गएकोले अहिले नै ढुवान भएको तथ्याङ्क पुरा भन्न नसकिने बताउनु भएको छ ।

 

अहिले उद्धारको लागी बिभिन स्थानहरुमा नगरपालिका का प्रतिनिधी प्रहरी गएर ढुवान पीडितलाई सुरक्षित स्थानमा राखेर शुद्ध पिउने पानी वितरण गरिएको र अन्य कु्राको ब्याबस्थापन मिलाउन लागीपरेको भन्दै तटीय क्षेत्रका सबै नगरबासीहरुलाइ महत्वपुर्ण सामान सहित शुरक्षित स्थानमा चनाखो भयर बस्न नगर प्रमुख थारुले आग्रर्ह गर्नु भएको छ ।

 

अविरल वर्षाल र झरीले वडा नं. ३ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय टेडिया, वडा नं. ६ को मानपुर मा वि टपरा, र वडा नं. ९ को श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गोडियाना जलमग्न भएको हो ।

विगतमा वर्षा हुँदा डुवान भएर पठनपाठन बन्द भएको समस्या सरोकारवालालाई जाहेर गरे पनि कुनै सुनुवाई नभएको विद्यालयका समितिहरुले जनाएका छन् ।

 

राजापुरमा रहेको विभिन्न संरचनाहरुको अगाडी उचित निकास नहुँदा डुवानको समस्या बढेको हो । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रअ राजकुमार बस्नेतले विद्यालयमा रहेको भौतिक पूर्वाधारहरु निकै जीर्ण रहेको र त्यसमा पनि डुवानको समस्याले विव्यस, पिटिए, शिक्षकहरुले चाहेर समेत केही गर्न नसकेको बताउदैे ।

 

आज विद्यालयका कक्षाकोठामा पसेको पानीले हप्ता दिनसम्म नै समस्या हुने बताउनु भयो । यता दिन रात सुरक्षा मा खटिने प्रहरी बस्ने चौकीमा पानी पसेर समस्या भएको छ भने यता कक्षाकोठामा दुर्गन्धित र लेदो पानी पसेर पूर्ण रुपमा सफा नगरी पठनपाठन गरे मौषमी तथा संक्रामक रोगको जोखिम हुने देखीएको छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com