उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौ चुनाबी सभा सम्पन्न, अध्यक्षमा पुनः खत्री निर्वाचित, ।

मिन प्रसाद अधिकारी

 

बर्दिया राजापुर को उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई आफ्नो क्षमताले भ्याएसम्मको उत्कृष्ट बनाउने अध्यक्ष धनलक्ष्मी खत्रीले बताउनु भएको छ ।

 

दशौँ साधारण सभामा पुनः अध्यक्ष बन्नु भएकी खत्रीले संस्थाको हितमा सबै व्यवस्थापन, लेखा र कर्मचारीहरुलाई मिलाएर अघि बढ्ने बताउनु भएको हो ।

 

आज संस्थाको दशौँ चुनावी साधारण सभामा ४ करोड ५६ लाख ८७ हजार ८ सय त्रियासी रुपैया छप्पन पैसा कारोवार रहेको र संस्थाले ४ लाख २९ हजार ८ सय २४ रुपैया ८१ पैसा नाफा गरेको आर्थिक विवरण कोषाध्यक्ष मिना आचार्यले पेश गर्नु भएको थियो । संस्थाले यो आ. ब मा शेयर सदस्यता संख्यामा वृद्धि भएको, शेयर पूजीमा वृद्धि भएको, वचत रकममा वृद्धि भएको, ऋण लगानी रकममा वृद्धि भएको लगायतको प्रगति गरेको छ ।

 

चुनावी साधारण सभामा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै नगरउपप्रमुख मनकला कुमारी चौधरीले महिला व्यवस्थापक रहेको संस्था निरन्तर प्रगतिको बाटोमा रहेको र अझैँ धेरै सफलताको शुभकामना दिनु भयो । नगरभरका सहकारीको प्रगति गर्न नगर सहकारी सञ्जाल गठन गरी काम अगाडी बढाइ रहेकाले सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।

शुभकामना मन्तव्य राख्दै शुशेली बहुमुखी सहकारी संस्थाका अध्यक्ष तथा जिल्ला दुग्ध उत्पादक सहकारी संघका कोषाध्यक्ष टीकाराम रेग्मीले सहकारीले सधैभरी सदस्यको जीवनस्तर उठाउने सीपमूलक र उत्पादनमुखी कार्यक्रममा लगानी गर्नु पर्ने बताउनु भयो ।

 

दिदी बहिनी सहकारी संस्थाको अध्यक्ष सीता अर्यालले शुभकामना मन्तव्य दिदै सहकारीको विकासमा धरातल विर्सन नहुने भन्दै राजनितिक र मेडिकल माफियाले सोझा सिधालाई उक्साउने गरेकाले सदस्य दोधारमा परेको भन्दै निरन्तर आफ्नो जिम्मेवारीमा रहनु पर्ने भन्दै संस्थाले प्रगति र उन्नति गरिरहोस् भन्दै शुभकामना दिनु भएको थियो ।

संस्थाको दशौ चुनावी साधारण सभाको अध्यक्षमा धनलक्ष्मी खत्री, उपाध्यक्ष नुस्मा चौधरी, सचिव रिता आचार्य, कोषाध्यक्ष आशा खड्का सहसचिवमा माया दहित लगायत ११जना सदस्य निर्वाचित भएका छ ।

 

संस्थाको दशौँ साधारण सभाले कमला न्यौपानेको संयोजकत्वमा रामदुलारी चौधरी र चन्की कुमारी चौधरी सदस्य रहेको लेखा समिति समेत गठन गरेको छ ।

 

कार्यक्रममा नगरपालिकाको आर्थिक शाखा प्रमुख सुनिता चौधरी, विभिन्न सहकारी संस्थाका प्रमुख, प्रतिनिधि, शेयर सदस्यहरुको उपस्थिति रहेको दशौँ साधारण सभामा सभाध्यक्ष धनलक्ष्मी खत्रीले प्रगति प्रतिवेदन र अनुगमन प्रतिवेदन लेखा संयोजक कमला न्यौपानेले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा रिता आचार्यले स्वागत मन्तव्य र कार्यक्रमको संञ्चालन संस्था प्रबन्धक मिरा चौधरीले गर्नु भएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com