बर्दियाको राजापुरमा धार्मिक सप्ताह ज्ञान महायज्ञ हुने, धर्मले मानिसलाई सत्मार्ग देखाउने वडाध्यक्ष न्यौपानेको धारणा, यज्ञमा सहयोग गर्नै सबैमा आग्रह ।

मिन प्रसाद

अधिकारी बर्दियाको राजापुर नगर पालिका वडा न.६ मा धार्मिक सप्ताह ज्ञान महायज्ञ २०८१ श्रीमद् भागवत कथा वचान हुने भएको छ ।

राजापुर नगरपालिकाको वडा नं. ६ मानपुर महुँवामा यहि असोज १७ गते घटस्थापनादेखि २३ गते सम्म धार्मिक सप्ताह ज्ञान महायज्ञ २०८१ हुने भएको हो ।

 

विधिवत् रुपमा सचिवालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजापुर नगरपालिकाका प्रबक्ता तथा वडा नंं ६ का वडाध्यक्ष असराज न्यौपानेले समाजमा शान्ति ल्याउन र बढ्दै गएको अमानवीय व्यवहार घटाउन धार्मिक आस्थाका धरोहरले सहयोग गर्ने भएकाले आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।

 

धर्म र संस्कृति कानुन भएको र यसैको आडमा मानिसले गलत काम गर्दैनथेँ ।

विविधताको देश नेपाल भए पनि पुकार गर्ने ईश्वर एकै भएको र कसैप्रति नकारात्मक विचार नराखे धर्म कमाइने भन्दै सकेको दान गर्न अनुरोध गर्नु भएको छ ।

 

महुँवामा निर्मार्णाधिन अधुरो शिव मन्दिर निर्माण, दिव्य धाम निर्माणका लागि सहस्र शालिग्राम परिक्रमा योग विज्ञान शिविर तथा बाल संस्कार कार्यक्रम गरिन लागेको कार्यक्रमका महासचिव जगतराम थारुले बताउनु भएको छ ।

महुँवामा हुने धार्मिक सप्ताह ज्ञान महायज्ञमा प्रसिद्ध कथा बाचक आचार्य नरेश नेपालले कथा बाचन गर्नु हुने धार्मिक कार्यक्रममा १७ गते विहान कलशयात्रा गरिने महा सचिव थारुले वताउनु भएको छ । मूल आयोजक समितिका अध्यक्ष लक्ष्मण बुढाथोकीको सभाध्यक्षतामा गरिएको उद्घाटन कार्यक्रमको सञ्चालन हरिलाल थारुले गर्नु भएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com