आधारभूत तहमा सिकाई आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न, गुणस्तर बढाउन सबै लाग्नु पर्ने सहभागिहरुको भनाई ।

मिन अधिकारी

राजापुर आधारभूत तहमा सिकाई आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाको सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने आधार तहका विद्यार्थीहरुमा सिकाई गुणस्तर बढाउन शसक्तीकरण बालिका परियोजना रियल प्लान अन्तर्गत एक दिने अभिमुखीकरण गरेको हो ।

 

राजापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र | RKJS को सहयोगमा पलिकाभर सञ्चालति सामुदायिक विद्यालयका ३६ जना प्रअ तथा प्रतिनिधिहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम गरेको हो ।

कोभिडका वेलामा विद्यालय जान नसकेर शिक्षा गुणस्तर घट्दै गएको अवस्थालाई वृद्धि गर्न टेवा पु¥याउने उद्देश्यले कार्यक्रम गरिएको हो । राजापुर नगरपालिकामा आयोजित कार्यक्रमको उद्देश्यमाथि शिक्षा शाखा प्रमुख दल बहादुर थारुले गर्नु भएको थियो ।

 

 

सहभागी प्रअ तथा प्रतिनिधिले अंग्रेजी, गणित र विज्ञान विषयमा मात्रै जोड नदिएर अनिवार्य सबै विषयलाई आपुरण कक्षामा जोड्नु पर्ने, कक्षाको अनुगमनमा पालिकाले ध्यान दिनु पर्ने सुझाव र्दिका थिए । कार्यक्रमलाई समापन गर्दै सामाजिक विकास समितिका संयोजक रमेश दहितले शिक्षामा गुणस्तर बढाउने कार्यमा शिक्षकहरु सक्रिय भए सम्भव हुने धारणा राख्नु भयो । पालिकाका केही विद्यालयमा विषयगत शिक्षकको अभाव रहे पनि आफुहरु शिक्षक परिपूर्ति गर्न लागि परेको भन्दै नगरपालिकाले विद्यालय अनुगमनमा निरन्तरता दिने बताउदै कार्यक्रम समापन गर्नु भएको थियो । फिल्ड सुपर भाइजर रेणुका चन्दले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम अधिकृत तथा शिक्षा संरक्षक सिमा वली, फिल्ड सुपरभाइजर दिक्षा बिष्ट तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com