राजापुर नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ ।

राजापुर नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ । नगरपालिकाको योजना तर्जुमा विकास निर्माणमा सुधार तथा सेवाग्राहीलाई गुणस्तरीय र प्रभावकारी सेवा दिन, सुशासन कायम गर्न, विकास निर्माणमा स्थानीयको सहभागिता र खबरदारी गर्न सार्वजानिक सुनुवाई गरिएको हो ।

राजापुर नगरपालिकाले गरेका सेवा प्रवाहका बारेको आर्थिक तथा वित्तिय प्रगति विवरण लेखा अधिकृत वसन्त मल्लले प्रस्तुत गर्नु भएको थियो । खुला सत्रमा सहभागिहरुले उठाएका सवालहरुको शाखा प्रमुखहरु र नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहित वडाध्यक्षहरुले जवाफ दिनु भएको थियो ।

राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले नागरिकका गुनासा र सवालहरुलाई सम्मान गर्दै नगरपालिकाले गर्न सक्ने योजना स्थानीय सरकारले गर्ने र ठूला योजना प्रदेश तथा संघबाट पहल गर्न आफू निरन्तर लागि रहने प्रतिवद्धता जनाउनु भएको हो कार्यक्रम राजपुर नगरपालिका वडा नं. ४ परिसर मा भएको हो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com