बर्दिया राजापुर नगरपालिमाको पद्यम कुमारी मा वि जयपुरमा अक्षय कोष स्थापना गरिएको छ ।
राजापुर नगरपालिकाको उत्कृष्ट कर्मचारीको पुरस्कार पाएका रोजगार सेवा केन्द्रका अधिकृत रमेश पोख्रेलले आफुले पाएको नगद ५० हजार पुरस्कार आफ्ना स्वर्गीय पिता भोजराज पोख्रेलको सम्झनामा उत्कृष्ट छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गर्नु भएको हो ।
आफ्नो पिताको गाउँघरमा शिक्षा फैलाउनु पर्छ भन्ने आदर्श भनाईलाई स्मरण गर्दै आफूले अध्ययन गरेको विद्यालय श्री पद्यकुमारी मा वि जयपुरमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई पुरस्कार दिन अक्षयकोष स्थापना गरेको बताउनु भयो ।