राजापुर नगरपालिका द्वारा विद्यालय तथा इटाभट्टा को अनुगमन ।

बर्दियाको राजापुर नगरपालिकाले सामुदायिक विद्यालयको अनुगमन गरेको छ । राजापुर नगरपालिकाको वडा नं. १ मा रहेका सामुदायिक विद्यालयहरुमा गरिएको अनुगमनले शैक्षिक प्रशासनिक, खाजा र भान्सा मापदण्ड र कार्यविधि अनुसार व्यवस्थापनको पक्ष सुधार गर्नु पर्ने सुझाव दिएको छ ।

राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जंग शाही, स्वास्थ्य शाखा प्रमुख गणेश अर्याल, शिक्षा शाखा प्रमुख दल बहादुर चौधरी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रिता थारु,

प्राश राज कुमार खडका पत्रकार मीन अधिकारीको टोलीले कालिका मा वि चनौरा, श्री बुद्ध प्राथमिक विद्यालय टिहुनीको अनुगमनका क्रममा अनुगमन टोलीप्रमुख प्रमुख प्रशासकीय अधिकृत शाहीले सुझाव दिदैँ उपस्थिति चुस्त दुरुस्त राख्नु पर्ने, सेनिटरी प्याड वितरण, कम्प्युटर ल्याब र पुस्तकालयको पहुँचमा सहजता ल्याउनु पर्ने लगायतको सुझाव दिएको छ ।

यस्तै राजापुर नगरपालिका वडा नं. ३ प्रयागपुरमा सञ्चालित इटाभट्टा दर्ता नभई अबैध रुपले सञ्चालन भएको भन्दै इजाजत पत्र लिएर सञ्चालन हुनु पर्ने अटेर गर्ने उद्योग तथा भट्टा बन्द गर्नु पर्ने, गुणस्तरहीन इट्टाले यस क्षेत्रमा निर्माण हुने संरचना कमजोर हुने भएकाले बैध बनाउन आग्रह गरिएको ।

इट्टा भट्टामा काम गर्ने कामदारको परिचय पत्र बनाउनु पर्ने, कति ज्याला दिएको छ भन्ने स्पष्ट खुलाउनु पर्ने र इट्टाभट्टामा बालबालिकाको प्रयोग गर्न नहुने सुझाव दिइएको छ ।

😆

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com