बर्दियाको राजापुर नगरपालिका वडा न.३ले व्यवसायिक पशुपालन सम्बन्धी तालिमको सुरुवात गरेको छ ।

बर्दियाको राजापुर नगरपालिका वडा न.३ले व्यवसायिक पशुपालन सम्बन्धी तालिमको सुरुवात गरेको छ । राजापुरको वडा नं. ३ ले वडाका ८० जनालाई तालिमको आयोजना गरेको हो ।

वडाको लक्षित वर्ग अन्तर्गतको वजेटमा १५ जना मुक्त कमलहरी, १५ मुक्त कमैया, १० जना दलित र ४० जना किसान सहितको २ समूहलाई व्यवसायिक पशु पालन तालिम दिन थालिएको हो । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि उपप्रमुख मनकला कुमारी चौधरीले राजापुरमा व्यवसायिक किसान बनाउदै आत्म निर्भर बनाउने लक्ष्य लिएर वर्गीकृत गर्दै लघुउद्यामी, गरिबी निवारण, स्वरोजगार जस्ता कार्यक्रममा प्रत्येक वर्ष ४० लाख खर्च गरी ४सय युवा लाई तालिम दिएको र २ सय उद्यमीले आत्म निर्भर भएर आर्थिक उपार्जन गरिरहेको वताउनु भयो ।

युवालाई गाउँमै राख्न स्थानीय सरकारले थुपै्र योजना ल्याएको र त्यसको सदुपयोग गर्दै परम्परागत रुपमा खेती गर्नु भन्दा पनि व्यवसायिक भएर अगाडि बढ्न आग्रह गर्नु भयो ।

उद्घाटन कार्यक्रमलाई समापन गर्दै वडाध्यक्ष थारुले सानो पूजिले काम गरिरहनु भएका स्थानीयलाई कहाँबाट सहयोग आउँछ, अनुदान कसरी लिने भन्ने जानकारी सहित व्यवसायिक तालिमको आवश्यकता महसुस गरेर तालिम आयोजना गरेकाले तालिममा सिक्ने ज्ञानमा सक्रियता जनाएर दक्ष बन्न आग्रह गर्दै वताउनु भएको थियो । नगर पालिकाको प्रशासन शाखाका प्रमुख आनन्द जैसीको उपस्थिति रहेको तातिममा पशु शाखाका अधिकृत पूर्ण खत्रीले सहजीकरण गर्ने कार्यक्रमको सञ्चालन वडा सचिव सोनु सिजापतिले गर्नु भएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com