बर्दियाको राजापुर नगरपालिका वडा नं.३ ले चौकिदारहरुका लागि पोसाक वितरण गरेको छ

राजापुर २०८०-०८-२९ बर्दियाको राजापुर नगरपालिका वडा नं.३ ले चौकिदारहरुका लागि पोसाक वितरण गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को लक्षित वर्गतर्फको कार्यक्रम अन्तरगत ९ जना चौकिदारहरुलाई पोसाक वितरण गरेको हो ।

गाउंघरमा सुचना प्रवाहका लागि महत्वपुर्ण भुमिका खेल्दै गाउघरमा हुने विभिन्न खालका कामहरु र सुरक्षाको लागि दिनरात खटिने चौकिदारहरुलाई सम्मान स्वरुप पोसाक वितरण गरिएको भन्दै वडाबाट गरिने सुचनाहरुलाई प्रभावकारि हुने गरि जनताको माझमा छिटो र छरितो पुस्याउन अग्रशिल भई बडघरसंग समन्वय गरेर काम गर्न अनुरोध गर्दै विभिन्न कार्यक्रमबाट चौकिदारहरुलाई सहयोग गर्ने वडा नं. ३ का वडा अध्यक्ष प्रसादु थारुले समापन गर्दै बताउनु भएको थियो ।

चौकिदारको माग अनुसार १० वटा टोलका ९ जना चौकिदारहरुलाई ३०,००० बराबरको पोसाक वितरण गरिएको वडा सचिव सोनु शिजापति मगरले बताउनु भएको हो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी,पत्रकार, स्थानिय बासीहरुको उपस्थिती रहेको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com