स्थानीय अधिकार कार्यक्रम अन्तर्गत राजापुरमा अर्गानीक तरकारी खेती तथा व्यवसायिक योजना सम्बन्धि पुर्नताजागी कार्यक्रम सम्पन्न, कृषि क्षेत्रबाटै जीवनस्तर उठाउन सकिने विश्वास ।

स्थानीय अधिकार कार्यक्रम अन्तर्गत अर्गानीक तरकारी खेती तथा व्यवसायिक योजना सम्बन्धि पुर्नताजागी कार्यक्रम सम्पन्न भएको छ ।

 

 

 

एक्सन एड नेपालको आर्थिक सहयोग, राजापुर नगरपालिकाको समन्वय र कमैया महिला जागरण समाजको आयोजनामा ३ दिने तालिम सम्पन्न भएको हो ।

 

तालिममा राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकाका किसानलाई अर्गानिक तरकारी नर्सरीको तयारी, मौसम अनुसार तरकारीको ब्याड बनाउने तरिका, विरुवाको खाद्य तत्व व्यवस्थापन, बायुचार बनाउने, तेस्रो पुस्ताको कटाइ, गड्यौले मल बनाउने तरिका, काउली समूह र लहरे तरकारीमा लाग्ने रोगको पहिचान र व्यवस्थापनका विषयमा राजापुर नगरपालिकाको कृषि शाखा प्रमुख तुलाराम चौधरीले प्रशिक्षण दिनु भएको थियो भने अर्गाानिक खेती तथा व्यवस्थापन र योजनाका बारेमा केएमजेएसका शैलेन्द्र मजगैया र राजेश चौधरीले सहजीकरण गर्नु भएको थियो ।

 

केएमजेएसकीअध्यक्ष विष्नी थारुको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा नं. ४ का वडा सदस्य राम बहादुर थारु रहनु भएको थियो । कार्यक्रमको सञ्चालन केएमजेएसकी सामाजिक परिचालिका सरस्वती चौधरीले गर्नु भएको थियो ।

 

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com