राजापुरमा गुप्ताको अध्यक्षतमा ४९ सदस्यीय अनेरास्वियु (क्रान्तिकारी) को नगर कमिटी गठन, अहिेलेको परिवर्तको प्रमुख घटक माओवादी पार्टी रहेको नगर प्रमुख थारुको भनाई ।

बर्दियाको राजापुरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (क्रान्तिकारी ) को दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ ।

सम्पूर्ण वामपन्थी प्रगतिशील, देशभक्त र जनक्रान्तिकारी विद्यार्थीहरु एकजुट हौँ शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेन्टीका लागि हाम्रो आन्दोलन राष्ट्रिय स्वाधिनता र समाजवादी शिक्षाको पक्षमा नगर सम्मेलन भन्दै अमर शहीद बहुमुखी क्याम्पसमा आकाश गुप्ताको अध्यक्षतामा ४९ सदस्सीय अनेरास्वियु (क्रान्तिकारी) को नगर कमिटी गठन गर्दै दास्रो नगर सभा सम्पन्न भएको हो ।

 

प्रमुख अतिथिको आशनबाट सभालाई सम्बोधन गर्दै समावेशिता सहितको ३ तहको व्यवस्था स्थापित भएको र यो व्यवस्थाप्रति शासक मानसिकताभएकाले यो व्यवस्थाप्रति नकारात्मक धारणा व्यक्त गर्ने गरेकाले सचेत नागरिक क्याम्पसका विद्यार्थीहरुले बुझ्नु पर्ने बताउनु भयो ।

 

 

देशमा आएको परिवर्तन धेरै मानिसहरुको बलिदानीबाट आएकाले एकात्मक शासनका वेलामा केन्द्रमा धाउनु पर्ने बाध्यता माओवादी जनयुद्धले, माओवादी पार्टीले स्थानीय स्तरमै हुने व्यवस्था गर्न सफल भयो ।

 

शिक्षा, स्वास्थ्य, रोजगारमा माओवादीले उठाएको प्रस्तावमा देशैभर निशुल्क शिक्षा दिन सफल भएको भन्दै राजापुरमा उच्च शिक्षा र प्राविधिक शिक्षा लिने विद्यार्थीहरुलाई छात्रवृति दिएको वताउनु भयो ।

 

विगतका कुरा स्मरण गर्दै शिक्षा नभए जीवन अन्धकार र समस्याग्रस्त हुने भन्दै विद्यार्थीहरु परिवर्तन लिएर हिड्ने क्रान्तिकारी विद्यार्थी संगठनमा संलग्न हुन आग्रह गर्दै सभा सफलताको शुभकामना दिनु भएको थियो ।

 

नगरउपप्रमुख मनकला कुमारी चौधरीले क्याम्पस जीवन देखि नै राजनीतिक जीवन सुरुवात हुने बताउनु भयो । राजापुर नगरपालिकाले विद्यार्थीहरुको हकहितका लागि काम गरिरहेको बताउँदै क्रान्तिकारीलाई बलियो बनाउने जिम्मेवारी विद्यार्थीहरुकै भएको धारणा राख्नु भयो । सभामा शुभकामना मन्तव्य दिदै नेकपा माओवादी केन्द्र राजापुर नगर पालिकाका नगर अध्यक्ष चिन्तामणि आचार्यले माओवादीको भातृसंगठन बलियो बनाउन पार्टी प्रतिबद्ध रहेको वताउनु भयो ।

 

 

अनेरास्वियु क्रान्तिकारीका बर्दिया जिल्ला इन्चार्ज रेशम अधिकारीले देशमा गरिएका आन्दोलनहरुमा विद्यार्थीहरुको अग्रणी भूमिका रहेको वताउँदै संगठन बलियो बनाउनु पर्ने र विद्यार्थीको हकहितका लागि अग्रपक्तिमा अनेरास्वियु क्रान्तिकारी रहने गरेको वताउनु भयो । दास्रो नगर सभामा उपस्थित वडाध्यक्ष, जिल्लाप्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । अमर शहीद बहुमुखी क्याम्पसमा आयोजित सभामा नेकपा माओवादी समर्थित नेता कार्यकर्ता र संगठनमा आस्थावान विद्यार्थीहरुको उपस्थिति रहेको थियो

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com