बर्दियाको भौरा क्षेत्रमा गरिएको उखु खेतीले किसान उत्साहित बन्दै गएका छन् ।

बर्दियाको भौरा क्षेत्रमा गरिएको उखु खेतीले किसान उत्साहित बन्दै गएका छन् । राजापुर क्षेत्रमै ठूलो लगानीमा उखु मिल स्थापना भएपछि यो क्षेत्रका किसानले नगदे बालीका रुपमा लिइने उखु खेती गर्न थालेका हुन् । पछिल्लो समय अन्न बालीको उत्पादन लागत बढ्दै जान थाले पछि यो क्षेत्रमा किसानहरु उखु खेतीमा लागेका हुन् ।

 

राजापुर ४ शान्तिपुरका किसान धर्म बहादुर कार्कीले पहिलो पटक उखु खेती गरेको र यसको प्रतिफल भोलिका दिनमा मूल्याङ्कन गर्ने र अगाडि बढ्ने बताउनु भयो । राजापुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रमेश दहितले आफुले पनि ३ विघामा उखु खेती गरेको र अहिलेसम्म आफु सन्तुष्ट रहेको वताउनु भयो । किसानले आफ्नो जमिन मात्रै दिएको र आजसम्म जोताइ, मल विउँदेखि उखु बाध्दासम्मको सबै लगानी उद्योगले नै गरेको अन्तिममा उखु तौल भएर लागत कट्टा गरी किसानले रकम पाउने उहाँले वताउनु भयो ।

 

राजापुर सुगर एण्ड केमिकल इन्डष्ट्रिजका प्रशासन प्रमुख इन्द्र ढकालले अहिलेसम्म मल विउँ, विषादी, जोताई लगायतको सबै लगानी गरी करिब ५ सय विघामा विउँका लागि उखु उत्पादन हुन लागेको वताउनु भयो । राजापुरमा यस वर्ष करिब १५ विघामा पुनः उखु लगाईने र चिनी उत्पादन सुरु गर्ने लक्ष्य रहेको बताउदै ढकालले अहिलेसम्म १४ सय विघामा राजापुर र गेरुवा टिकापुरको दक्षिणी भाग र मधुवनका किसान उत्सुक हुँदै फारम भरेको प्रशासन प्रमुख इन्द्र ढकालको भनाई छ ।

राजापुर सुगर एण्ड केमिकल इन्डष्ट्रिजमा नेपालीको लगानी भएकाले पनि यसमा किसानले विश्वास गर्नु पर्ने उहाँले वताउनु भयो । करिब १ सय करोड लगानी भएको र यो उद्योगले किसानको जिवनस्तर माथी उठाउन सहयोग गर्ने ढकालले वताउनु भयो । ५ हजार विघामा उखु खेती भएमा ३० लाख कुन्टल उत्पादन हुने र यही परिमाण उद्योगलाई आवश्यक पर्ने उहाँको भनाई छ । करिब १ विघा उत्पादनमा १ लाखदेखि १ लाख ५० हजारसम्म हुने अनुमान रहेको बताउदै ढकालले फाल्गुण सम्ममा परिक्षण गर्ने र २०८२ देखि व्यवसायिक उत्पादन गर्ने लक्ष्य रहेको प्रशासन प्रमुख देवकोटाको भनाई छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com