मधुवन नगरपाालिकाद्वारा आर्थिक बर्ष २०८०/०८१ मा गरेका कामहरुको जानकारी, मधुवा नगरपाालिका को बिकासकालागी आफु दत्तचित्त भएर लागि परेको नगरप्रमुख भाटको भनाई ।

आर्थिक बर्ष २०८०/०८१ मा मधुवन नगरपाालिका बर्दियाले गरेका कामहरुको जानकारी पत्रकार भेटघाट कार्यक्रम माफर्त गरेको छ । पत्रकारहरुले राखेका प्रश्नको जबाफ दिदै मधुवन नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा भौतिक पुर्वाधारतर्फ सडक ग्राभेल अन्र्तगत १२ हजार १ सय ६० मिटर सडक ग्राभेल गरिएको ६ हजार ५ सय ७५ मिटर कालो पत्रे, ११ वटा कल्भर्ट निर्माण र ३ सय ७५ मिटर नाला निर्माणे ४ वटा स्थानमा खेलकुद संरचना निर्माण तथा मर्मत गरेको र १० वटा सार्वजनिक संरचना निर्माण गरिनुका साथै विभिन्न स्थानमा ९३ वटा ह्युमपाईप बिस्तार भएको नगर प्रमुख तेज बहादुर भाटले बताउनु भएको छ ।

मधुवन नगरपालिकामा ऐतिहासिक धरोहरको रुपमा रहेका स्थान तथा पहिचान भएका पर्यटकिय क्षेत्रको विकासका लागि चालु आर्थिक बर्षमा बजेटको व्यवस्था गरि सुन्दर मधुवन बनाउने योजनालाई निरन्तरता दिइएको भन्दै । मधुवा नगरपाालिका को बिकासकालागी आफु दत्तचित्त भएर लागि परेको नगरप्रमुख भाटले बताउनु भएको हो ।

 

 

मधुवन नगरपालिका कृषि शाखाले आ.ब. ०८०/०८१ मा २ हजार २ सय ९६ पशुपालक कृषकको घरगोठमै पुगि निःशुल्क प्राविधिक तथा स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै कृषकलाई पशुपालनका लागि उत्साहित गर्ने कार्य गरेको मधुवन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरीले बताउदै मधुवन नगरपालिकामा दुध १५ लाख ५८ हजार ५ सय १ लिटर उत्पादन भएको र १० लाख ६७ हजार १ सय ४० के.जी. मासु उत्पादन भई नगर बाहिर निर्यात भएको नगर पालिकाको तथ्याङ्क राखेको र ।

 

नगरपालिकामा माछा पालनको क्षेत्रफल विस्तार गरि १ हजार २ सय १५ कठ्ठामा गतबर्ष १ लाख १२ हजार ४ सय ७५ के.जी. माछा उत्पादन भएको अधिकृत गिरीले बताउनु भएको हो ।

 

मधुवनबासी लाइ त्मनिर्भर बनाउनका लागि प्रतेक वडा वडामा प्राविधिक सेवा शुरु गरेको व्यवसायिक रुपमा पशुपालन गरिरहेका किसानका लागि प्राविधिकहरुले घरघरमा गई पशु स्वास्थ्य सेवा दिइ रहेका छन भने पालिकाले किसानले उत्पादन गरेका माछा स्थानीय बजारमा बेचबिखन भएको नगरपालिकाले पत्रकार भेटघाट कार्यक्रममा जनाउदै प्रधानमन्त्री रोजगार कार्यक्रम युवा रोजगारीमा रुपान्तरण गरि गत बर्षमा ४ हजार ७ सय ६९ जना बेरोजगार व्यक्तिको निवेदन दर्ता गरी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ८२ जना युवालाई ५९ दिन र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना अन्तर्गत ४० जना युवालाई ९५ दिन रोजगारी उपलब्ध गराइ १ सय २२ जनालाई रोजगारी उपलब्ध गराईएको बताउनु भएको थियो ।

 

पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख उपप्रमुख प्रमुख प्रशासकिय अधिकृत नगर प्रबक्ता वडा अध्क्षयहरु मधुवन नगरपालिकाका बिषयगत शाखा कर्मचारी र बर्दिया जिल्लाभित्रका पत्रकारहरु को उपस्थिति रहेको भेटघाट कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष तथा नगर प्रबक्ता मेक बहादुर गुरुङले स्वागत मन्तव्य दिएको कार्यक्रमको संचालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाख प्रमुख सोभा कुमारी शर्माले गर्नु भएको थियो ।

 

 

 

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com