बर्दियाको राजापुर मा रहेको अमर शहीद श्री दशरथ चन्द मा.बि.मा सञ्चालित प्रथम त्रैमासिक परीक्षा मा साजाजिक बिषयको परीक्षा अबरुद्ध भएको छ । पुरक एसइइको परीक्षा केन्द्र रहेको अमर शहीद श्री दशरथ चन्द मा.बि.राजापुरमा नगरपालिकाले तोकेको परीक्षा तालिका भन्दा १ हप्ता पछि सुरु भएको थियो । सामाजिक विषयको विषयगत शिक्षक नभए पछि परीक्षा अबरुद्ध भएको हो ।
आज परीक्षा दिन विद्यालयमा आएका कक्षा ९ का करिब १६० जना विद्यार्थी परीक्षा नदिएरै घर फर्केका थिए । आफुहरुले सुरुका दिन देखि नै सामाजिक विषय पढ्न नपाएको यसरी परीक्षा नभए पछि वार्षिक परीक्षामा अनुत्तीर्ण हुने भन्दै तत्कालै शिक्षकको व्यवस्थापन गरि दिन विद्यार्थीहरुले सरोकारवालालाई आग्रह गरेका छन् । छोरीको परीक्षा नभए पछि विद्यालयमा बुझ्न आएका अभिभावकले यसको जिम्मा पालिकाले लिनु पर्ने बताएका छन् ।
विद्यालयका प्रधानाध्यापक सरोज कुमार झाले विद्यालयमा विषयगत शिक्षकको अभाव भएको शैक्षिक सत्रको सुरु मै शिक्षा शाखा, सामाजिक विकास समिति, वडाध्यक्षलाई पटक पटक जानकारी गराए पनि समस्या समाधान नभए पछि आजको परीक्षा अबरुद्ध भएको वताउनु भयो । दरबन्दी मिलानका क्रममा विद्यालयबाट मा वि गणित र निमावि नगर अनुदानबाट मा वि तहमा सामाजिक विषय अध्यापन गराइरहेको शिक्षकलाई सारेर अर्काे विद्यालयमा पठाए पछि पठनपाठनमा समस्या भएको र प्र अ झा ले बताउनु भयो । राजापुर नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेश दहितले नेपाल सरकारले दरबन्दी अनुसारको शिक्षक नदिएको अवस्थामा विद्यालय प्रशासन तथा विव्यसले समन्वय गरेर पठनपाठन गरी परीक्षा सञ्चालन गर्नु पर्नेमा विद्यार्थीलाई रोक्नु दुखद् भएको र यस विषयमा स्पष्टीकरण सोधिने बताउनु भयो । नगरपालिकाले सबै विद्यालयको अनुगमन गरेको र विषयगत शिक्षक पठाउन लागि परेको जानकारी दिनु भयो । शिक्षा शाखा प्रमुख दल बहादुर चौधरीले भूगोल, जनसङ्ख्या तथा स्वास्थ्य विषयमा स्नातक तह पास गरेका शिक्षकले पनि सामाजिक विषय अध्यापन गराउन सक्ने भन्दै यो समस्या तत्कालै विव्यस, विद्यालय प्रशासन, र पालिका बसेर समाधान गर्ने वताउनु भएको छ । नगरभरका विद्यालयका शिक्षकले रुटीन मिलाउन नसकेको र दैनिक ४ र ५ घण्टी मात्रै पढाएकाले यो समस्या आएको बताउनु भयो । संघीय सरकार र नगरपालिकाले सबैभन्दा धेरै लगानी शिक्षामा गरेको भए पनि यस्तो समस्या देखिनु दुखद् भएको छ । राजापुरमा अमर शहीद श्री दशरथ चन्दमा मा वि ११ र १२ मा लेखा, कक्षा ९ र १० मा गणित र सामाजिक विषयको अभाव रहेको छ भने नगरपालिकाको अधिकांश विद्यालयहरुमा विषयगत शिक्षकको अभाव रहेको शिक्षक संघ सङगठनले बताएका छन् । शिक्षा जस्तो संवेदनशील विषयमा सरोकारवाला गैह्र जिम्मेवार भएर बालबालिकाको भविष्य मै खेलवाड गरी परीक्षा नहुँदा यसको जिम्मा कसले लिने ?