राजापुर नगरपालिका ४ द्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान, पुरस्कार र सम्मानले अध्ययनमा रुचि र सकारात्मक प्रतिस्पर्धा हुने वडाध्यक्षको विश्वास ।

मिन अधिकारी

बर्दियाको राजापुर नगरपालिकाले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । राजापुर नगरपालिका वडा नं. ४ ले आफ्नो वडामा रहेको अमर शहीद श्री दशरथ चन्द मा वि राजापुरबाट शैक्षिक सत्र २०७९ र २०८० मा कक्षा ८ को नगरस्तरीय र कक्षा १० को एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई सम्मान सहित पुरस्कार वितरण गरिएको हो ।

राजापुरबाट कक्षा ८ र १० को A± A / B± ल्याउने ८ ८ जना गरी १६ जनालाई साइकल र शैक्षिक सामग्री प्रदान गरेको हो ।

कार्यक्रममा उपस्थित विद्यार्थी तथा अभिभावकहरुलाई सम्बोधन गर्दै वडाध्यक्ष विदुर पोख्रेलले विद्यार्थीहरुको शिक्षामा रुचि बढाउन र उनीहरुबीच प्रतिस्पर्धा गराउन वडाले प्रोत्साहन पुरस्कार वितरण गरिएको वताउनु भयो ।

वडामा कुनै पनि विद्यार्थी विद्यालय जानबाट बञ्चित नहोस भन्दै कसैलाई शैक्षिक सामग्री कै कारण समस्या भएमा सोझै आफूसँग आएर समस्या राख्न आग्रह समेत गर्नुका साथै यो कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।

वडाले दिएको पुरस्कार लिदै उत्कृष्ट विद्यार्थी पुनम कामीले सबै विद्यार्थीलाई यो पुरस्कारले हौसला दिने र अझै लगनशील भएर पढ्ने वताएकी छिन् ।

वडा सदस्य राम बहादुर थारुले स्वागत मन्तव्य गरेको पुरस्कार वितरण कार्यक्रमको सञ्चालन वडा सचिव मख्खन थारुले गर्नु भएको थियो । करिब १ लाख बराबरको पुरस्कार विद्यालय प्रङ्गणबाट वितरण गरिएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254