राजापुर नगरपालिकाद्वारा विभिन्न आयोजनाहरुको अनुगमन, उत्कृष्ट काम गरेका कृषकलाई प्रोत्साहन गर्ने नगर प्रमुखको प्रतिबद्धता

मिन अधिकारी

राजापुर नगरपालिकाको कृषि विकास शाखा र पशु सेवा शाखाबाट चालु आयोजनाको अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले सञ्चालित आयोजनाहरु गुणस्तरीय हुनु पर्ने वताउनु भएको छ ।

राजापुर नगरपालिकाले कृषि र पशु पालनका क्षेत्रमा गरेको लगानी अनुगमनका क्रममा हेर्दा सदुपयोग भएको वताउदैँ दुध उत्पादक किसानको आवश्यकतामा परेर माग गरेको दुधको गुणस्तर र शुद्धता नाप्ने ल्याक्टो मिटर सहयोग गर्ने वताउनु भयो ।

अधिकांश किसान रहेको यो क्षेत्रका कृषकलाई आत्म निर्भर बनाउन लगानी बढाउने प्रतिबद्धता गर्दै आफुले पाएको अनुदानलाई अझै लगनशील र मेहनती भएर सदुपयोग गर्न मेयर थारुले किसानलाई आग्रह गर्नु भयो ।

अनुगमन समितिका संयोजक तथा उपप्रमुख मनकला कुमारी चौधरीले भौतिक विकास, कृषि तथा पशु शाखाबाट गरिएको अनुदानको निरन्तर अनुगमन गर्नुका साथै गुणस्तरीय र सफल आयोजनाहरुलाई प्रोत्साहन गर्ने र कमसल आयोजनाहरुलाई सचेत गराउने र भुक्तानी रोक्ने सम्मको कारबाही गर्ने वताउनु भयो ।

राजापुर नगरपालिकाको वडा नं. ५, ६, ७, ८ र १० मा आज गरिएको अनुगमनका क्रममा सञ्चालित आयोजना अन्तर्गत केरा खेती, तरकारी खेती, बाख्रा पालन, दुध संकलन, दुध डेरीहरुको अनुगमन गरिएको कृषि शाखा प्राविधिक रमेश वलीले वताउनु भयो ।

अनुगमनमा वडाध्यक्षहरु, विभिन्न शाखाका प्रमुखहरु, योजनाशाखा, कृषिशाखाका कर्मचारीहरु पत्रकार लगायतको सहभागिता रहेको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com