राजापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणाका लागि पहल गरिदै, जिम्मेवारीमा प्रतिबद्ध हुदै उत्कृष्ट कार्य गर्न स्वास्थ्यकर्मीलाई नगर प्रमुखको आग्रह ।

मिन अधिकारी

राजापुर बर्दियाको राजापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणाका लागि पहल थालिएको छ । नगरपालिकामा रहेका १६ महिनादेखि ५९ महिनासम्मका कुनैपनि बालबालिका खोप पाउनबाट बञ्चित नरहेको भन्दै स्वास्थ्य शाखाले राजापुरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गराउन तयारी शुरु गरेको नगर प्रमुख लाई जानकारी गराएको हो । पुर्ण खोप सुनिश्चिता को लागी राजापुर नगरपालिकाको स्वास्थ्य शाखाले एक कार्यक्रमको आयोजना गरि जानकारी गराएको थियो उक्त कार्यक्रममा सभाध्यक्षको आसनबाट बोल्दै नगर प्रमुख दिपेश थारुले भबन अभाब भएमा तत्कालको लागी वडाहरुमा बनेका सामुदायिक भबनको प्रयोग गरेर स्वास्थ्य चौकी प्रमुख हरुले खोपकेन्द्र तथा गाउँघर किल्निक चलाउन आग्रह गर्दै आधारभुत आश्यकता परिपुर्ति गर्न पालिका तयार रहेको भन्दै स्वास्थ्य शाखा र स्वास्थ्यकर्मीहरुले सोच्नु पर्ने र जनतालाई राम्रो सेवा दिन प्रत्येक स्वास्थ्यकर्मीले पूर्ण रुपमा आफ्नो जिम्मेवारी पुरा गर्नु पर्ने, स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीबाट वितरण गर्ने औषधी जनतालाई सहज बाताबरणले पाउने र उपचार पाउने बाताबरण सिर्जना गर्न आवश्यक रहेको र जनताको गुनासो आउन नदिने गरी काम गर्न स्वास्थ्य शाखा तथा स्वास्थ्यकर्मीलाई आग्रह गर्नु भएको छ ।

राजापुर नगरपालिकाको १० वडामा रहेको ४३ वटा खोप केन्द्र र ४१ वटा खोप किल्निकबाट खोप कार्यक्रम सञ्चालन तथा महिला स्वास्थ्य स्वयम सेवकबाट घरघरमा पुगेर बालबालिकाको खोपका बारेमा बुझ्ने गरेको स्वास्थ्य शाखाका प्रमुख गणेश अर्यालले बताउनु भयो । नगरपालिकाले पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणाका लागि जिल्ला समन्वय समितिलाई पत्राचार गर्ने तयारी गरिएको छ ।

आज नगरपालिकाको सभाहलमा गरिएको छलफलमा विभिन्न स्वास्थ्य चौकी तथा खोपकेन्द्रका प्रमुखहरुले खोप भण्डारणका लागि उपयुक्त भवन नभएको, शुद्ध सफा खानेपानी, विद्युतको उपलब्धता र सुलभ शौचालय, उचित फनिचरको अभावले सेवा प्रवाहमा समस्या आएको र भ्याक्सिनका लागि उपयुक्त ठाउँ नहुँदा अकल्पनीय घटनाहरु घट्न सक्ने गुनासो राख्नु भएको थियो । स्थानीय स्तरबाट कस्तो काम भइरहेको छ र त्यहाँका अभिभावक तथा नागरिकहरुले खोपका बारेमा के कस्तो धारणा राखेका छन् । कुनै बालबालिका खोप पाउनबाट बञ्चित छ कि छैन भन्ने बारेमा अनुगमन र मूल्याङ्कन हुन जरुरी रहेको सुझाव समेत स्वास्थ्य चौकी तथा खोप केन्द्रका प्रमुखहरुले दिनु भएको थियो । कार्यक्रमको संचालन गर्दै यस आर्थिक वर्षमा नगरलाई पुर्ण खोप सुनिश्चितता गर्नको लागि २५९० जना बालबालिकाहरुलाई खोप लगाएको स्वास्थ शाखा कर्मचारी हरिलाल चौधरीले जानकारी दिनु भयो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254