राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले राजापुर नगरपालिका वडा नं ६ को कुनियाँ र वडा नं १० को कर्मोहनी जोड्ने पुलको सिलान्यास गर्नु भएको छ ।

आज एक कार्यक्रमका बिच पुलको सिलान्यास गर्नुभएको हो । पुल नभएर बषौं देखी आउजाउमा समस्या झेल्दै आएका स्थानियले पुल निमार्ण पश्चात राहत मिल्ने बताउनु भयो । सिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख थारुले समग्र नगर बिकासको पक्षमा आफुलागेको भन्दै पुल निमार्ण पश्चात यहाँका स्थानियको दैनिकी सहज हुनेमा आफु आशावादी रहेको बताउनु भयो ।

समयमा काम सप्पन्न हुनु पर्नेमा ढिलाइ भएको भन्दै नगर प्रमुख थारुले र अब कामलाइ तीब्रता दिइ समयमा सप्पन्न गर्नुपर्ने बताउनुभयो सिलान्यास कार्यक्रममा राजापुर नगरपालिकाका उप प्रमुख मनकला कुमारी चौधरी , कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा ,नगर प्रबक्ता एवं ६ नं वडा अध्यक्ष असराज न्यौंपाने, वडा नं १० का अध्यक्ष शिवलाल थारु लगायत स्थानिय सहभागी थिए ।