लाका प्रहरी कार्यालय राजापुरले १ क्विन्टल ५० किलो परिमाणमा अवैध कुखुरा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय राजापुरले १ क्विन्टल ५० किलो परिमाणमा अवैध कुखुरा बरामद गरेको छ । पछिल्लो समय तस्करी मौलाउँदै गएको गुनासाहरु बढ्दै गएको समयमा इलाका प्रहरी कार्यालय बाट खटीएको गस्ती टोलीले राजापुर नगरपालिका वडा न.१० स्थित पखैपुरको भित्री सडक खण्डबाट भन्सार छली ल्याई बेवारीसे अवस्थामा राखिएको प्यारेन्ट जातको करिब ६० हजार मुल्य बराबरको अवैंध कुखुरा बरामद गरेको ईलाका प्रहरी कार्यालय राजापु्ले जनाएको हो ।

आजै नियन्त्रणमा लिईएको प्यारेन्ट जातको कुखुरालाई सरोकारवालाहरुको रोवहरमा इलाका प्रहरी कार्यलय परिसर भित्र खाल्डो खनी नष्ट गरिएको ईलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी सागर बोहोराले जानकारी दिनुभयो ।

इलाका प्रसासन कार्यालयका प्रतिनिधि ,पशु स्वास्थ्य प्राबिधिक बिनोद थारु, पत्रकार लगायतको रोहवरमा कुखुरा नष्ट गरिएको थियो । लामो समयदेखि अबैध नाकाबाट माल सामान चोरी पैठारी हुने खबरहरु सुनिने भए पनि प्रहरीले तस्कर समात्न सकेको थिएन ।

आज ठूलो परिमाणमा अबैध खुखुरा बरामद गरेपछि अब चोरी निकासीमा संलग्न हरेक तस्कर सतर्क हुने प्रहरी प्रमुख बोहराले वताउनु भयो छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254