बर्दियाको भौरा क्षेत्रमा बढेको गर्मीले स्थानीय समस्यामा पर्न थालेका छन् ।

बर्दियाको भौरा क्षेत्रमा बढेको गर्मीले स्थानीय समस्यामा पर्न थालेका छन् । लामो समयदेखि पानी पर्न नसक्नु र तापक्रम बढ्दै जाँदा यो क्षेत्रका स्थानीय समस्यामा परेका हुन् । राजापुर नगरपालिका र गेरुवा गाउँपालिका रहेको भौरा क्षेत्रमा बढेको गर्मीको प्रत्यक्ष असर स्कुले वालवालिका र ज्याला मजदुरी गरेर गुजारा गर्ने स्थानीयलाई परेको छ ।

गर्मी भए पनि मजदुरी नगरी हुदैन बाध्य भएर कमाउन जाने गरेको राजापुर ४ संघर्ष नगरका दयाराम थारुले वताउनु भयो । पानी पिउने र आठ घण्टाको सट्टा ६ घण्टा मात्रै काम गर्ने गरेकाले पुरा ज्याला पनि नपाउने मजदुर थारुको भनाई छ । गर्मीले विद्यालय जाने विद्यार्थीहरुलाई धेरै समस्या भएको छ । विहानै देखिको टन्टलापुर चर्काे घाममा आउन र जान समस्या भएको राजापुर ४ का अभिभावक जीवन थारुले वताउनु भयो । विगतमा गर्मीमा विदा दिने गरेपनि अहिले चर्काे गर्मी हुँदा पनि पालिका र स्कुलले कुनै चाँसो नदेखाएको दुखेसो गर्नु भयो । पहिला विहानी सत्रमा पनि स्कुल चल्थे सितलमा पढाइ हुने गरेकोमा अहिले तातो टिनका छानामुनी बत्ती अनियमित हुँदा पनि बालबालिकालाई बेवास्ता गरेको उहाँको भनाई छ । गर्मीमा प्रशस्त झोलिलो खानेखुरा खान चिकित्सकले सुझाव दिएका छन् । अझै तीन चार दिनसम्म तापक्रम बढ्ने भएकाले खास गरी दिनभर घाममा काम गर्ने मजदुर र विद्यालय जाने बालबालिकाले विशेष ध्यान दिनु पर्ने चिकित्सकको भनाई छ । सकेसम्म घाममा ननिस्कने निस्कन परे पनि छाता ओढेर, टाउकोमा मसिनो कपडा राखेर हिड्न र पटकपटक पानी खान स्वास्थ्यमा कुनै समस्या आए चिकित्सकसँग जान पनि स्वास्थयकर्मीको सुझाव छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com