नेपाल प्रेस युनीयन स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण

नेपाल प्रेस युनीयन स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण नेपाल प्रेस युनीयन बर्दिया शाखाले नेपाल प्रेस युनीयनको ३३ औं स्थापना दिवसमा विरामीहरुलाई फलफुल वितरण गरी मनाएको छ ।

प्रेस युनीयनले बर्दिया अस्पतालका विभिन्न विरामी वार्डहरुमा भर्ना भएका विरामीहरुलाई फलफुल वितरण गरी दिवस मनाएको हो । उक्त अवसरमा नेपाल पत्रकार महासँघ बर्दिया शाखाका अध्यक्ष यादव आचार्य, विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीहरु, वडा अध्यक्षहरु र निर्माण व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

नेपाल प्रेस युनीयन बर्दिया शाखाका अध्यक्ष दिपकलाल श्रेष्ठले विरामीहरुलाई युनीयनको स्थापना दिवसमा फलफुल वितरण गरिरहँदा निकै खुसी भएको धारणा व्यक्त गर्नुभयो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com