बर्दियाको राजापुरमा चिनी मिल स्थापना भएसंगै किसानहरु खुसी भएका छन् ।

होमेन्द्र थापा, बर्दिया चैत्र ८ गते बर्दियाको राजापुरमा चिनी मिल स्थापना भएसंगै किसानहरु खुसी भएका छन् । कृषि योग्य क्षेत्र रहेको राजपुरमा अन्य खेतीको तुलनामा उंखुबाट बढी मुनाफा हुने भन्दै स्थानीय किसानहरुको व्यावसायिक उखु खेती तर्फ रुचि बढेको हो ।

चिनी मिल संचालनमा आएपछि त्यस क्षेत्रका हजारौ युवाहरुको रोजगार सिर्जना हुने र कृषकहरु उखु खेतीबाट ब्यबसायिक आम्दनी गर्न सकिने भएको छ ।

बर्दियाको राजापुर नगरपालिका वडा न. ५ मा राजापुर सुगर एण्ड केमिकल इन्डष्ट्रिज प्रा.ली.स्थापना हुन लागेको हो । किसानहरुलाई उखु खेति उत्पादनका लागि आबश्यक पर्ने बिउ, मलखाद, कृषियान्त्रिक औजार, प्राबिधिक सहयोग तथा परामर्श कम्पनीले उपलब्ध गराईरहेको छ ।

किसानहरुको उखु उत्पादन भएपछि खर्च कटाएर प्रति बिगाहामा बार्षिक ३ देखि ४ लाख खुद आम्दानी हुने अनुमान गरिएको छ । प्रति बर्ष एक बिगाहा क्षेत्रफल जग्गामा औषत ७ सय कुन्टल उत्पादन हुने भएकोले किसानहरुले राम्रो आम्दनी गर्न सकिने अपेक्षा लिइएका छन ।

कम्पानीले मिल संचालनका लागि करिब २० बिगाहा क्षेत्रफल जग्गामा निर्माणका कामहरु गरिरहेको छ । कम्पनी शुरुवात गर्दा सम्म २ सय ५० करोड सम्म लागत लाग्ने र २०८१ सालको अन्त्य तिर परिक्षण शुरु गरेर २०८२ सालबाट पुर्णरुपमा मिल संचालनमा ल्याउने कम्पनीका महाप्रबन्धक श्रीकृष्ण महत्वले बताउनु भएको छ ।

किसानहरुलाई जुन खेतीमा फाईदा हुन्छ त्यो खेती गर्न पाउनु पर्ने राजापुर नगरपालिकाका नगर प्रमुखको तर्क रहेको छ । वहाँले किसानहरुले लगाएको उंखुको मुल्य समयमै पाउनु पर्ने, मिलमा स्थानीय व्यक्तिलाई रोजगारी दिनु पर्ने, वातावरणीय हिसावले हुने प्रभाव वा प्रदुषणलाई प्रशोधित गरेर फाल्नु पर्ने लगाएतका सर्तहरु भएको जानकारी दिदै किसानहरुले चिनी मिल संग सम्झौता गरेर मात्र उँखु लगाउन सुझाव दिनु भएको छ ।

बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाँउपालिका उंखु खेतीको लागि अति उत्तम रहेको विज्ञहरुको भनाई रहेको छ । यहाँ करिब ६ सय भन्दा बढि किसाहरुलाई उखु खेति गर्न लगाईएको छ ।

यस क्षेत्रमा सुगर मिल आउनु नै आफुहरुको भाग्यको कुरा रहेको स्थानीय किसानहरुको भनाई रहेको छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254