गेरूवा १ थापापुरमा पिच पेल्ने क्रममा रोलरले किचेर एक जनाको मृत्यु भएको छ।

गेरूवा १ थापापुरमा पिच पेल्ने क्रममा रोलरले किचेर एक जनाको मृत्यु भएको छ। बुधबार साँझ ६ बजेतिर बाटोको पिच पेल्ने क्रममा रोलरले किचेर अमर–बर्दिया ब्ल्याक बक जेभी निर्माण कम्पनीमा कार्यरत भारतको विहार निवासी करिव २२ वर्षका प्रवेश आलमको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र बहादुर केसीले बताउनुभयो। रोलर चालक भने फरार रहेका र उनको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

साथै उहाँले रोलर चालकको सवारी चालक अनुमती पत्र (लाइसेन्स) भए नभएको बारे बुझ्ने काम भइरहेको गेरूवा अपडेटलाई बताउनुभयो । शवलाई पोष्टमार्टमको लागि राजापुर लिने तयारी थालिएको छ । अमर–बर्दिया ब्ल्याक बक जेभीले राजापुर रिङ्गरोड अन्तगत गेरुवा ३ बनकट्टी देखि गेरुवा १ जनकनगरसम्म १२ किलोमिटर सडक कालोपत्रे कार्य अन्तरगत दुर्घटना भएको हो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254