बर्दियाको भौरा क्षेत्रमा रोपिएको चैते धानलाई पानीको अभाव भए पछि परम्परागत रुपले श्रमदान (बेगारी) गरेर थोरै मात्रामा पानी बुढीकुलामा ल्याइएको छ ।

बर्दियाको भौरा क्षेत्रमा रोपिएको चैते धानलाई पानीको अभाव भए पछि परम्परागत रुपले श्रमदान (बेगारी) गरेर थोरै मात्रामा पानी बुढीकुलामा ल्याइएको छ ।

राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा दुइ बाली धान खेती गर्न सकिने भन्दै चैते धान खेती विस्तार भए पनि यो वर्ष सिँचाइका लागि पानीको अभाव देखिएको छ । धान रोपेर सिँचाइ गर्न नपाएका किसानले रोपेके धान सुक्ने अवस्थामा पुगे पछि किसानहरु परम्परागत रुपमा श्रमदान गरेर भए पनि पानी ल्याउन तयार भए पछि आफूहरुले अगुवाई गरेर पानी ल्याउन सफल भएको गेरुवा गाउँपालिका वडा नं. १ का निवर्तमान वडाध्यक्ष दयाराम बैद्य चौधरीले वताउनु भयो ।

चैते धानका लागि पानी ल्याउन बगहीपुर कुला शाखा, जनकनगर कुला शाखा, बनखेत कुला शाखा, गोला कैलालीको मल्होरिया कुला, नजिक करिब १ हजार स्थानीयले श्रमदान गरेका छन् ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com