बर्दियाको राजापुर नगरपालिकामा उचित ढलनिकास नहुँदा दुर्गन्ध बढ्नुका साथै रोग व्याधीको जोखिम बढेको छ

बर्दियाको राजापुर नगरपालिकामा उचित ढलनिकास नहुँदा दुर्गन्ध बढ्नुका साथै रोग व्याधीको जोखिम बढेको छ ।

स्थानीय सरकारले विकास पूर्वाधारमा सडक निर्माणलाई प्राथमिकता दिदाँ पनि उचित ढल निकासको व्यवस्थापन गर्न नसक्दा समस्या बढेको हो ।

पछिल्लो समय नगरपालिकाले विकासका कामहरु सम्पन्न गर्दा उचित व्यस्थापन गर्नुको सट्टा दीर्घकालिन सोचविना निर्माण गरिएका नाला रहित बाटोले स्थानीयमा मौसम अनुसारको जोखिम बढाएको समाजसेवी तथा बुद्धिजीवि राममणि उपाध्यायले वताउनु भयो ।

राजापुरमा जताततै फोहर र नालामा जम्मा भएका पानीले दुगन्र्ध बढाएको, लामखुट्टे, झिँगा जस्ता परजीविको वृद्धि भएर प्रकोपको डर भएको उहाँको भनाई छ ।

राजापुरमा निकास नबनाएरै विचविचमा नाला निर्माण गर्ने सडकभन्दा अग्ला नाला बनाउने, बग्ने नालाभन्दा पनि पानी जम्ने नाला बन्दा विभिन्न प्रकारका जोखिम बढेको हो ।

सरकारी रकमको सदुपयोग गर्दै निर्माण गरिएका यस्ता संरचनामा प्राविधिक त्रुटी हुनुका साथै समयमै अनुगमन नगरी काम सम्पन्न भए पछि अनुगमन गर्दा पनि यस्ता समस्या बढेका हुन ।

नगरपालिकाले सुन्दर पालिका बनाउन विभिन्न प्रयास गरे पनि स्थानीयले बाटोमै पशु चौपाया बाध्ने, लामो समयसम्म निर्माण सामग्रीहरु बाटोमा राख्ने गर्दा पनि दुर्गन्ध बढेर सरसफाइमा समस्या भएको स्थानीयको गुनासो छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254