बर्दियाको राजापुर २ मा युनिक नेपालको केन्द्रीय कार्यालय बन्ने भएको छ ।
राजापुरको नयाँगाउँ जोतपुरमा केन्द्रीय कार्यालय रहेको युनिकको करिब ९ करोड लागतमा सुविधा सम्पन्न भवन निर्माण हुने भएको हो ।
नेपाली काङ्ग्रेशका केन्द्रीय सदस्य पूर्व भूमिसुधार मन्त्री तथा युनिकका संरक्षक गोपाल दहितले जोतपुरको वडघर रोडमा निर्माण हुने भवनको शिलान्यास गर्दै सुरुका दिनमा संस्था स्थापना गर्दा झोलामा स्थापना गरेको र आफ्नै गाउँमा केन्द्रीय कार्यालय स्थापनाको सपना देखेर अगाडि बढ्दा विभिन्न आरोह अवरोहको सामना गर्नु परेपनि सबैको साथ र सहयोगले सफल भएको बताउनु भयो ।
युनिकले स्थानीय स्तरमा न्यून आर्थिक अवस्था भएका जनताको उठाउनु सेवामूखी उद्देश्य राखेकोले सेवा क्षेत्र विस्तारसँगै जनतामा लोकप्रिय हुदै गएको संरक्षक दहितको भनाई छ ।
युनिक नेपालका अध्यक्ष प्रिम दहितले संरक्षकको सपना र संस्थाको आवश्यकता भएकाले भवन निर्माण हुन लागेको र सबैले सकारात्मक रचनात्मक सल्लाह दिएर सम्पन्न गराउनु पर्ने धारणा राख्नु भयो । २ वर्षमा निर्माण सम्पन्न हुने गरी २ विगाहा क्षेत्रफलमा ५ तले लिफ्ट सहितको भवन निर्माण हुने भएको हो ।