सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन राजापुर नगरपालिकाको वडा नं. ५ ले वडा स्तरीय अतिरिक्त क्रियाकलाप र आन्तरिक परीक्षा सञ्चालन गरेको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन राजापुर नगरपालिकाको वडा नं. ५ ले वडा स्तरीय अतिरिक्त क्रियाकलाप र आन्तरिक परीक्षा सञ्चालन गरेको छ । सामुदायिक विद्यालयको आधार तहमा शैक्षिक स्तर खस्कदो अवस्थामा रहेको बेला वडा नं. ५ ले भने आफ्नो वडा भित्रका आधार तहका विद्यार्थीहरुबिच प्रतिस्पर्धात्मक मूल्याङ्कन गरेको हो ।

वडामा रहेको श्री किसान मावि, श्री पद्य कुमारी मा वि, श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय बदालपुर र श्री ज्ञानोदय आधारभूत विद्यालय गरी ४ वटा विद्यालयमा कक्षा ५ मा अध्ययन गर्ने विद्यार्थीहरुबिच विभिन्न विधामा प्रतिस्पर्धा गराईएको थियो ।

वडाले आफ्नो वजेटमा आधार तहका विद्यार्थीहरुको ल्याकत क्षमता बुझ्न र आगामी शैक्षिक सत्रमा प्रभावकारी योजना बनाउन नेपाली, अग्रेजी, गणित र सेरोफेरो विषयको परीक्षा लिइएको थियो ।

जसमा विद्यार्थीहरुको उपलब्धी निराशाजनक रहेको बताउँदै वडाध्यक्ष रमेश दहितले सहभागि विद्यालयका प्रअ, विव्यस, शिक्षक अभिभावक संघका अध्यक्ष र विषयगत शिक्षक र विज्ञको संयुक्त भेला गरी आगामी दिनको योजना बनाउने वताउनु भयो । आधार तह नै कम्जोर भए पछि माथिल्ला कक्षामा आशातीत उपलब्धी नआउने भन्दै अब लगानी सहित गुणस्तर सुधारका लागि पनि पहल गर्ने वडाध्यक्ष दहितले वताउनु भयो । सहभागि भएका विद्यालयका प्रथम, द्वितीय र तृतीय छात्रछात्राहरुलाई पुरस्कार दिइएको थियो ।

Enter

Min

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254