बर्दियाको भौरा क्षेत्रका किसानले चैते धान खेतीको तयारी गरेका छन् ।

बर्दियाको भौरा क्षेत्रका किसानले चैते धान खेतीको तयारी गरेका छन् ।

धान उत्पादनको दृष्टिले निकै अब्बल भौरा क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका किसानहरु चैते धान खेतीमा लागेका हुन् । हरेक वर्ष भौरा क्षेत्रमा चैते धान खेती गर्ने किसानको सङ्ख्या बढ्दै गए पनि व्यवस्थित सिँचाई, मलखादको अभाव भने किसानले भोग्दै आएका छन् । राजापुर नगरपालिका ३ मुरैयाका किसान प्रेमप्रकाश थारुले चैते धानको खेतीमा निकै मेहनत लागेपनि उत्पादन वर्षे धान जस्तै हुने गरेको वताउनु भयो ।

राजापुरमा नेपाल कै ठूलो खाद्य संस्थान भए पनि उचित मूल्यमा चैते धान खरिद नगर्ने गरेकाले वर्षेधान उत्पादन गरी बेच्ने र चैते धान आफूले खाने गरेको किसान थारुको भनाई छ । गेरुवा गाउँपालिका ४ का किसान फुलाराम थारुले हरेक वर्ष ८-१० कठ्ठामा चैते धान रोप्ने गरेको वताउनु भयो ।

चैते धान खेतीमा किसानको आकर्षण बढेपनि सरकारले वास्तविक किसानसम्म सिँचाई, मलखाद, उन्नत विउँविजन र अनुदान सहजै नभएको दावी गर्नु भयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपर जोन प्रमुख विरेन्द्र राज पराजुलीले भौरा क्षेत्रमा चैते धान खेतीको विस्तार निकै उत्साहजनक रुपमा भएको वताउनु भयो ।

उर्बर माटो र सिँचाई सुविधा रहेको भौरा क्षेत्रमा तीन बाली अन्न उत्पादन गर्न सकिने सुपरजोन प्रमुख पराजुलीको भनाई छ । किसानलाई चैते धान रोपेवापत साना मेसिनरी औजार सहयोग गर्ने गरेपछि किसानको आकर्षण बढेको र यसले खाद्यान्नको अभाव कम हुदै गएको दावी गर्नु भयो । पछिल्लो वर्षदेखि मूल कुलो बुढीकुलामा आउने पानी कर्णाली तिर गएकाले आफू स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग प्रभावकारी र दीर्घकालीन रुपमा समस्या समाधानका लागि पहल गरिरहेको वताउनु भयो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254