बर्दियाको राजापुर नगरपालिकाले महिला स्वास्थ्य स्वयम सेवकलाई दराज वितरण गरेको छ ।

बर्दियाको राजापुर नगरपालिकाले महिला स्वास्थ्य स्वयम सेवकलाई दराज वितरण गरेको छ । राजापुर नगरपालिका ३ को कार्यालयले आफ्नो वडामा रहेका १३ जना महिला स्वास्थ्य स्वयम सेवकलाई आज जनही १ – १ थान स्टील दराज प्रदान गरेको

हो । वडा नं. ३ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र प्रयागपुरका प्रमुख इन्द्रजित थारुले महिला स्वास्थ्य स्वयम सेवकलाई सेवा प्रवाहमा चाहिने सामग्री राख्न निकै आवश्यक पर्ने दराज माग गरेको र सो वडाले व्यवस्था गरिदिदाँ स्वयम सेवकहरु हर्षित भएको वताउनु भयो ।

सानो झोलामा सामान बोकेर हिड्दा अप्ठ्यारो मान्ने महिला स्वास्थय स्वयम सेवकलाई वडाले सेवामा सहजताका लागि दराज दिएर हौसला बढाएको स्वास्थ्य स्वयम सेवक करुणा चौधरीले वताउनु भयो । वडा नं. ३ को करिब ७० हजार वजेटमा वडाले दराज खरिद गरी दिएको भन्दै वडाध्यक्ष प्रसादु थारुले आफुले पाएको सबै सामानको पूर्ण सदुपयोग गर्न आग्रह गर्नु भयो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254