बर्दियाको राजापुर नगरपालिकाको सीमावर्ती क्षेत्रमा जंगली हात्तीको आतंक बढ्दा किसान समस्यामा परेका छन् ।

बर्दियाको राजापुर नगरपालिकाको सीमावर्ती क्षेत्रमा जंगली हात्तीको आतंक बढ्दा किसान समस्यामा परेका छन् । राजापुर नगरपालिकाको दक्षिणी वडाहरु वडा नं. ७, ९ र १० का दुर्गानगर, दीपनगर, शंकरपुर, कर्माेहनी लगायतका गाउँहरुमा जंगली हात्तीको आतंक बढेको किसानहरुको गुनासो छ । हात्तीले बर्षे धान र हिउँदे वाली गहुँमा जंगली जनावरले क्षति गर्ने गरेको शंकरपुरका वडघर ओम प्रकाश यादवले वताउनु भयो । किसानले दुःखका साथ खेती गर्ने गर्दा हरेक वर्ष उत्पादन लागत बढ्दै गए पनि जंगली जनावरको विगविगीले बाली भित्र्याउन पाउने हो कि नपाउने भन्ने चिन्ताले सताउने गरेको बडघर किसान यादवको भनाई छ । वडा नं. ७ कै किसान हरिराम बुढाले जंगली जनावरले सीमावर्ती क्षेत्रमा धन जनमै क्षति पु¥याउने गरेको गुनासो गर्नु भयो । सीमावर्ती क्षेत्रका जनतालाई भोट बैकका रुपमा प्रयोग गर्ने र चुनावका वेलामा मात्रै गाउँमा पुग्ने नेताहरु प्रति गुनासो गर्दै दीर्घकालीन समस्या समाधानका लागि स्थानीय प्रदेश संघीय सरकारलाई जानकारी गराए पनि कुनै सुनुवाई नभएको भएको वताउनु भयो । वडा नं. ९ का वडाध्यक्ष विष्णु प्रसाद थारुले विगतमा भन्दा क्षेतिको राहत रकम निकै कम हुने गरे पनि किसानलाई सुविधा भने भएको बताउदैँ सीमा क्षेत्रमा विद्युतीय तारबार मात्रै लगाएर नहुने, नियमित करेन्ट प्रवाह गर्नु पर्ने र स्थानीय प्रदेश तथा केन्द्र सरकारको प्राथमिकतामा परे पछि मात्रै दीर्घकालीन समस्या समाधान हुने धारणा राख्नु भयो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254