परियोजना पारित्रचयात्मक तथा शुभारम्भ वैठक सम्पन संस्थाहरु को कार्यक्रम परिणाम मुखी हुनु पर्ने नगर प्रमुख को भनाई ।

ग्रिन इकोनोमिक्स परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले पालिका स्तरिय परियोजना परिचयात्मक तथा शुभारम्भ वैठक राजापुरमा सम्पन गरेको छ । प्लान इन्टरनेशनल नेपाल को आर्थिक सहयोग राजापुर नगरपालिकाको समन्वयन र बाँके युनेस्को क्लबको आयोजनामा बैठक प्रारम्भ गरिएको हो ।

बैठकमा परियोजनाले राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकामा गरिने कार्यकम को बारेमा जनकारी ताथ बजेटको बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रम राखिएको बाँके यूनेस्को अध्यक्ष रवि कुमार तुलाधरले जानकारी दिनु भएको हो ।

कार्यक्रमको प्रकाश पार्दै बाँके यूनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले बाँके युनेस्को क्लबले गरेका कामहरुको जानकारी दिदै ग्रिन इकोनोमिक्स परियोजनाले आगामि दिन मा सामाजिक बिकाश ,शैक्षिक सुधार बालबालिका को शिक्षा मा पहुच हरित बाताबरण समुन्नत समाज र्निमाण को लागी काम गर्ने भएकाले राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकामा ३० जना यूवा महिलाहरुलाई आत्मनिर्भर हुने खालको तालिम दिई जिबीको पार्जन मा अग्रसर गराई उद्यमी बनाउने र नगरपालिकाहरुलाई हरित बाताबरण बनाउन सहयो गर्ने बताउनु भएको थिए ।

कार्यक्रम सम्बोधन गर्दै नगर प्रमुख दिपेश थारुले संघ संस्थाहरुले ल्याउ कार्यक्रम परिनाम मुखी हुन आवश्यक रहेको भन्दै संस्थाहरुले पालिका सँग सहकार्य गरेर कार्यक्रम अगाडी बढाउन र यस क्षेत्रका युवा युवतीहरुलाई व्यवसायिक रोजगारी तिर अग्रसर हुने खालका कार्यक्रम गरेर उदार्णीय संस्था वन्न को लागी बाँके युनेस्को क्लबलाई सुझाव दिनुभएको थियो ।परियोजनाको बैठकको सञ्चालन फिल्ड सुपर भाईजर सञ्जिता रिजालले गर्नु भएको थियो भने कार्यक्रम ६ महिनाको रहने छ ।यो कार्यक्रमको लागी दुई पालीकाको लागी कुल ४६लाख रहेको परियोजना अधिकृत राधे कृष्ण थारुले बताउनु भएको हो । ‘

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com