राजापुरमा सञ्चालित ५औँ मेयर कप तथा १६औँ राष्ट्रपति रनिङ शिल्ड को बिजेता कालिका मा.बि चनौरा ।

बर्दियाको राजापुरमा सञ्चालित ५औँ मेयर कप तथा १६औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको छ ।

माघ १४ गतेदेखि सुरुभएको रनिङ शिल्ड प्रतियोगिता आज भव्यताका साथ सम्पन्न भएको हो ।

आज राजापुरमा रहेको खेल मैदानमा प्रतियोगिता समापन गर्दै नगर प्रमुख दिपेश थारुले पठनपाठनसँगै विद्यार्थी भाईबहिनीहरुलाई खेलकुद पनि आवश्यक पर्ने र यसकै माध्यमबाट हरेक क्षेत्रको परिचय हुने र देशले एक असल नागरिक पाउने वताउनु भएको थियो । कार्यक्रम समापनको

अवसरमा नगरउपप्रमुख मनकला कुमारी चौधरी, विदुर पोख्रेल, प्रसादु थारु, रमेश चौधरी, विष्णु थारु, असराज न्यौपाने लगायतका वडाध्यक्ष तथा जनप्रतिनिधिहरु, विव्यस पदाधिकारीहरु, विद्यालयका प्रअ, शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कुल १२८ पदकका लागि कक्षा १२ सम्मका विद्यार्थीबिच गरिएको विभिन्न खेलहरुमा १८ स्वर्ण, ७ रजत र १० कास्य गरी ३५ पदक जितेर कालिका मा वि सोनपुर चनौरा प्रथम, ७ स्वर्ण ७ रजत र ८ कास्य गरी २२ पदक सहित श्री जनचेतना मा वि मंगलपुर द्वितीय र ६ स्वर्ण ८ रजत र ३ कास्य गरी १७ पदक सहित अमर शहीद मा वि राजापुर तेस्रो र ३ स्वर्ण ५ रजत र ७ कास्य गरी १५ पदक सहित श्री पद्म कुमारी मा वि जयपुर चौथो भएका छन् ।

आधारभूत तहबाट सहभागी विद्यालयहरु मध्ये उत्कृष्ट प्रदर्शन गर्दै श्री बुद्ध आधारभूत विद्यालय भिम्मापुरले २ स्वर्ण ३ रजत र २ कास्य गरी ७ पदक प्राप्त गर्न सफल भएको छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com