hamro khabar bardiya

बर्दियाको राजापुरमा रहेको राम मन्दिरमा समेत आज धार्मिक कार्य सम्पन्न गरिएको छ ।

बर्दियाको राजापुरमा रहेको राम मन्दिरमा समेत आज धार्मिक कार्य सम्पन्न गरिएको छ ।

भगवान रामचन्द्रको प्राणप्रतिष्ठा भइ रहँदा अधिकांश हिन्दु धर्मावलम्बी रहेको राजापुरमा आज धार्मिक कार्यक्रम गरि नगर प्रमुख दिपेश थारुले श्याम बाबाको नवनिर्माण हुने मन्दिरको आज शिलाल्यास गर्नु भएको हो ।

नेपाल बहुधार्मिक, बहुसांस्कृतिक देश भए जस्तै हाम्रो पालिका पनि विभिन्न धर्मावलम्बीको बसोवास भएको पालिका रहेकाले हामीबीच धार्मिक सहिष्णुता कायम गर्नु पर्ने बताउनु भयो ।

राजापुरको भगवती मन्दिरको प्राङ्गणमा भएको कार्यक्रमको विशिष्ट अतिथि उपप्रमुख मनकला कुमारी चौधरी, अन्य अतिथिहरुमा वडा नं. ४ का वडाध्यक्ष विदुर पोख्रेल र वडा नं. ६ का वडाध्यक्ष असराज न्यौपाने राजापुर कम्युनिकेशनका अध्यक्ष विश्वमान प्रधानलगायत श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन समाजसेवी भुवन ढकालले सञ्चालन गर्नु भएको थियो ।

आज श्रद्धालु भक्तजनहरुले राजापुर बजार परिक्रमा गरि साँझ सबै मन्दिरमा दीप प्रज्जवलन गरेका छन ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com