बर्दियाको राजापुर नगरपालिकामा माघ दोस्रो सातादेखि मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ

बर्दियाको राजापुर नगरपालिकामा माघ दोस्रो सातादेखि मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।

नगरपालिकाले ५औ मेयर कप तथा १६औ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता माघ १४ देखि गर्ने निर्णय गरिएको हो । राजापुर नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयको माध्यमिक तहमा अध्ययनरत १८ वर्ष नपुगेका विद्यार्थी खेलाडीहरुले खेलकुदमा सहभागिता जनाउन पाउने भएका छन् ।

यस वर्षको रनिङ शिल्ड प्रतियोगिता नगर खेलकुद विकास समितिले राजापुर ३ टेडियामा रहेको रङशालामा खेलाउने निर्णय गरिएको सामाजिक विकास संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष रमेश चौधरीले वताउनु भयो ।

आज नगरपालिकामा भएको छलफलमा नगरपालिकाले विद्यार्थीहरुको चौतर्फी विकासका लागि पठनपाठनसँगै खेलकुदमा समेत लगानी गरेकाले स्वच्छ प्रतिस्पर्धात्मक रुपले खेल सञ्चालन गरी भविष्यका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्न हामी सबै लाग्नु पर्ने भन्दै सरोकारवाला सबैलाई सहयोगका लागि नगर प्रमुख दिपेश थारुले आग्रह गर्नु भएको छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com