बर्दिया, माइक्रोसफ्टले विन्डोज किबोर्डमा विगत ३० वर्ष यताकै सबैभन्दा महत्त्वपूर्ण परिवर्तन गरेको छ । एक ब्लग पोस्टमार्फत माइक्रोसफ्टले मेनु की (एप्लिकेसन की) हटाउँदै कोपालइट की राखेको जानकारी दिएको हो ।
यससँगै एआईद्वारा सञ्चालित कोपाइलटमा किबोर्डबाट नै पहुँच पाउन सकिने भएको छ । किबोर्डमा कोपाइल कीको स्थान भने कम्प्युटर तथा ल्यापटप उत्पादन गर्ने माइक्रोसफ्टका साझेदार कम्पनी अनुसार फरक-फरक हुनसक्ने बताइएको छ ।
अहिले विन्डोजमा कोपाइलट इनेबल नगरेका वा कोपाइलट उपलब्ध नभएका देशका प्रयोगकर्ताले कोपाइलट चलाउन खोजे विन्डोज सर्च खुल्ने गर्छ । तर कोपाइलट इनेबल गरेका प्रयोगकर्ताले विन्डोज की र सी (windows key + C) थिचेर कोपाइलट खोल्न सक्छन् ।
अब कोपाइलट खोल्न डेडिकेटेड की आउने भएको हो । यस कुराले २०२४ मा कम्प्युटरलाई एआईमैत्री बनाउने माइक्रोसफ्टको महत्त्वकांक्षा रहेको प्रस्ट पारेको छ ।
तर कोपाइलट कीलाई थप कीसँग जोडेर विभिन्न काम सकिनेबारे भने माइक्रोसफ्टले केही खुलाएको छैन ।