बर्दियाको राजापुरमा थारु परम्परा अनुसार ल्वाङ्गी पूजा र भजहर भज्ने पूजा गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

बर्दियाको राजापुरमा थारु परम्परा अनुसार ल्वाङ्गी पूजा र भजहर भज्ने पूजा गर्ने कार्यक्रम सम्पन्न भएको छ । राजापुर नगरपालिका वडा नंं. ३ मुरैयामा खेतीपाती राम्रो होस् रोग व्याधिको प्रकोप नदेखियोस् भन्दै खेती गर्ने सबै किसानहरुको उपस्थितिमा गाउँमा ल्वाङ्गी पूजा र भजहर भज्ने कार्यक्रम गरिएको हो ।

गाउँमा यो वर्ष जजसले खेतिपाती गरे तिनै किसानबाट पुजामा काम लाग्ने कुखुरा र थोरै पैसा उठाएर पूजा गरिएको बरघर जगतराम थारुले वताउनु भयो । गाउँका अर्का वरघर गोबर्धन थारुले गाउँमा हुने यस्ता सामूहिक कार्यले समन्वय सहकार्य बढ्ने वताउनु भयो । पछिल्लो समय आफ्नो रीतिथिति परम्परा र संस्कृति हराउदै जान लागेको अवस्थामा गाउँमा यसरी सामूहिक रुपमा जम्मा भएर पूजा गर्दा युवा पुस्तामा राम्रो सन्देश जाने उहाँको भनाई छ ।

हरेक वर्ष गाउँमा खेतीपातीको उत्पादन राम्रो होस् रोग व्याधी, नलागोस भनेर माघ महिनामा गाउँबाट रोग, देवी देवताको नकारात्मक प्रभाव हटाउन निकासी पूजा र सोही दिन कुनै नकारात्मक प्रभाव गाउँमा नपारोस भनेर गाउँको प्रवेशद्वार नाका बाध्न डोरबन्धी, गर्ने गरिन्छ । जेठमा गर्ने धुरिया पूजामा गाउँमा मानिसलाई हानी गर्ने सर्प, विच्छीको भय नहोस् भनेर उनिहरुको प्रभाव निस्तेज पार्ने बाध्ने मादल बजाउन, गाउँमा नाचगान बन्द गरिने गरिन्छ । खेती सकिए पछि धुरिया पूजामा बाँधिएका मादल नाचगान, मित्र शत्रु जीवहरु खोल्ने काम हरेरी पूजामा गरिन्छ । हरेरीको भोलि पल्ट बाली नालीमा रोगव्याधी नलागोसा भनेर गाईको दुध, दुधे धान, गरुवाद्वारा मन्त्रेको पानीलाई भगवान पार्वतीको नाममा मन्त्रेको पानी खेतको मुहानमा हाल्ने गरिन्छ । पौष, माघमा गरिने ल्वाङ्गी पूजा र भजहरमा देवी देवताहरुले धान चोर्ने भएकाले खिलियान, बाध्ने र गाउँका आईमाईहरुले घर छोडेर बाहिर गई बाटो हिड्ने यात्रुलाई बाटो छेक्दै सामान्य ५÷१० रुपैया माग्ने र भोलिपल्ट सामूहिक भोज गरेर घर फर्कने अनौठो परम्परा रहेको छ । थारु गुरुवा जगतराम थारुले वताउनु भयो । थारु समूदाय मात्रै नभएर खेती गर्ने सबै समूदायका किसानको सामूहिक पूजा भएकाले सबै किसानको सहभागिता रहने गाउँका केशौका कुलराम थारुले वताउनु भयो । गाउँमा वर्षको सुरुदेखि नै कुनै पनि काम गर्दा आफ्ना देविदेवतालाई सम्झने र उनिहरुसँग कुनै दुःख कष्ट नदिएर काम गरिदिएकोमा खुशी भएर गर्ने पूजा भएकाले यसको विशेष महत्व रहेको केशौका थारुको भनाई छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254