चुरे माध्यमिक विद्यालय बगनाहाको स्वर्ण उत्सव ।

चुरे माध्यमिक विद्यालय बगनाहाको स्वर्ण उत्सव । विष्णु अधिकारी, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३, जुडपानी बगनाहामा रहेको चुरे माध्यमिक विद्यालयले ५० औं बार्षिकोत्सव मनाएको छ । २०३० साल पौष ३ गते स्थापना भएको विद्यालयले विभिन्न आरोह अवरोहहरु पार गरि पाँच दशक सम्म निरन्तर रुपमा शैक्षिक जनशक्ति उत्पादन गर्नमा महत्वपुर्ण योगदान गर्दै आइरहेको छ । स्वर्णोत्सव समारोहका प्रमुख अतिथी लुम्बिनी प्रदेश मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विद्यालयले देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नुका साथै समाज विकास र विभिन्न चरणका राजनीतिक आन्दोलन र परिवर्तनको पक्षमा नागरिकलाई पथ प्रर्दशन गर्न सफल भएकोमा शुभकामना दिनु भएको छ ।

शिक्षा आर्जन गर्ने पवित्र थलो चुरे माध्यमिक विद्यालय ठाकुरबाबाका विद्यार्थीहरुको आर्कषणको केन्द्र तथा लुम्बिनी प्रदेशको गर्व गर्न लायक सामुदायिक विद्यालय अन्तर्गत पर्ने बताउनु भयो । विगत देखि वर्तमान सम्म समय सापेक्ष शैक्षिक गतिविधि संचालन गर्दै आएकोमा कार्यहरुलाई निरन्तरता दिदै शिक्षाका नयाँ आयामहरुलाई अनुसरण गरी थप शिक्षा क्षेत्रलाई सुदृढ गर्न अगाडी बढ्नका लागि आफुले सक्दो सहयोग गर्ने बचन दिनु भएको छ ।कार्यक्रममा नेपाली काग्रेस संसदीय दलका प्रमुख सचेतक लुम्बिनी प्रदेश सदस्य जन्मजय तिमिल्सिनाले विद्याको मन्दिर स्थापना गर्ने समाजसेवी, शिक्षा प्रेमी, राजनैतिक सामाजिक अगुवाहरुको देनबाट आज चुरे माध्यमिक विद्यालयले शैक्षिक क्षेत्रमा फड्को मार्न सफल भएको बताउनु भयो । बर्दिया कृषि, पर्यटन र पर्यावरण लगायतका क्षेत्रहरुमा विकासका प्रचुर सम्भावनालाई शिक्षासँग जोडेर सबल जनशक्ति तयार गर्न सकेमा समृद्ध बर्दियाको नयाँ ढोका खोल्न सकिने कुरामा जोड दिनु भएको थियो ।

विद्यालयको समुन्नतीको लागि मन, वचन र कर्मले समर्पित भई सहयोग गर्ने तिमिल्सिनाको प्रतिबद्धता छ । यसैगरि लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा कुश्मी थारुले बर्दिया जिल्लाको तेस्रो पुरानो शैक्षिक धरोहरको इतिहास बोकेको विद्यालयले आगामी दिनमा शिक्षामा सबैको पहुँच हुनेगरि समय सुहाउँदो क्षिक्षा दिन विद्यालय सफल हुने कुरामा आफु विश्वस्त रहेको बताउनु भएको छ । प्रदेश सदस्य थारुले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि प्रतिवद्धता जाहेर गर्नु भएको छ । कार्यक्रममा ठाकुरबाबा नगरपालिका नगरप्रमुख तिलकराम लम्सालले गुणस्तरीय शिक्षाको खोजीमा विदेशीने युवालाई देशभित्र प्राविधिक एवं व्यवहारिक शिक्षा प्रदान गर्ने दिशा तर्फ चुरे माध्यमिक विद्यालय अगाडी बढ्ने कुरामा आफु विश्वस्त रहेको बताउनु भयो ।

उहाँले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन अभिभावक, स्थानीय सरकार, विद्यालय ब्यवस्थापन समिति, शिक्षक, विद्यार्थीको सामुहिक प्रयास गरेमा सम्भव रहेको उहाँको भनाई छ । स्वर्ण जयन्ती समारोहमा विद्यालयलाई आजको अवस्था सम्म ल्याई पु¥याउन रचनात्मक सहयोग गर्ने महानुभावहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा पालिका प्रमुखहरु, समाजसेवि, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com