बर्दियाको राजापुर नगरपालिका वडा नम्बर २ बालाबजार नयाँगाउले वडा मातहतका पाँच सामुदायीक विद्यालयमा अध्यनरत कक्षा १ र २ का छात्र, छात्रालाई पोशाक बितरण गरेको छ ।

बर्दियाको राजापुर नगरपालिका वडा नम्बर २ बालाबजार नयाँगाउले वडा मातहतका पाँच सामुदायीक विद्यालयमा अध्यनरत कक्षा १ र २ का छात्र, छात्रालाई पोशाक बितरण गरेको छ ।

वडाले १ सय ३४ जना छात्र, छात्रालाई पोशाक हस्तान्तरण गरेको हाे । नेपाल राष्ट्रिय माध्यामिक विद्यालय नयाँगाँउ, नवज्योती प्राथमिक विद्यालय नयाँगाँउ, ज्ञान दर्शन प्राथमिक विद्यालय चैनपुर, ज्ञानदीप प्राथमिक विद्यालय बर्गदही, ज्ञानज्योती प्रावी सोहरीयाका कक्षा १ र २ का छात्र, छात्राहरुलाई पोशाक बितरण गरिएको हो । विद्यालय शिक्षामा सहज हुनुका साथै अभिभावकलाई आर्थिक बोझ कम होस् भन्ने उदेश्यले विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको वडा अध्यक्ष रामचन्द्र चौधरीले बताउनुभयो ।वडा कार्यालयको ६३ हजार रुपैयाँको लागतमा एक सय ३४ जना छात्र, छात्रालाई पोशाक वितरण गरिएको उहाँको भनाई छ ।

आफ्ना नानी बावुहरुलाई वडा कार्यालयले निःशुल्क पोशाक दिएपछी आफुलाइ राहत भएको अभिभावक उमा कुमारी थारुले वताईन् ।पोशाक बितरण कार्यक्रममा सामुदायीक विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, वडा सदस्यद्वय अर्जुन कुमार चन्द, राम बहादुर थारु सहभागी हुनुहुन्थ्यो । वडा कार्यलयले यसअघि कक्षा ३ देखी ५ सम्मका छात्र, छात्रालाई झोला वितरण गरीसकेको छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com