साथी खबर राजापुर २०८०-०७-१६ नगरपालिका वडा नं. २ ले सुरक्षा सामग्रीहरु प्रदान गरेको छ ।
समाजसेवामा प्रत्यक्ष संलग्न रहने गाउँका चौकीदारहरुको कामको उच्च मूल्याङ्कन गर्दै सुरक्षा तथा प्रोत्साहन सामग्री टर्च र छाता प्रदान गरेको हो ।
वडाको प्रोत्साहन कार्यक्रम अन्तर्गत वडा भरका ११ गाउँटोलका चौकिदारलाई सामग्री प्रदान गरिएको वडा नं. २ का वडाध्यक्ष रामचन्द्र चौधरीले वताउनु भयो । कार्यक्रममा १५ हजार वराबरको सामग्री ९ जना चौकिदारलाई प्रदान गरिएको छ ।