सरकारी कर्मचारीका फोनमा टिकटक चलाउन प्रतिबन्ध !

लोकप्रिय सोसल मिडिया प्लाटर्फम टिकटकमाथिको प्रतिबन्धको सिलसिला डेनमार्कसम्म पुगेको छ ।

अमेरिकापछि डेनमार्ककेा रक्षा मन्त्रालयले आफ्ना सरकारी कर्मचारीहरुको फोनमा टिकटकको प्रयोगमाथि प्रतिबन्ध लगाएको छ ।

उत्तर एटलान्टिक सन्धि संगठन नाटोको सदस्य रहेको डेनमार्कले साइबर सुरक्षाको कारण देखाउँदै टिकटकमाथि यस्तो कदम उठाएको हो ।

डेनमार्क सरकारले टिकटक एपको सुरक्षा र डाटाको गोपनीयताका विषयमा पनि चिन्ता व्यक्त गरेको छ ।

स्मरण रहोस् यसअघि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकाले सरकारी उपकरणहरुमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

कर्मचारीलाई टिकटक हटाउन आदेश

डेनमार्कको रक्षा मन्त्रालयले आफ्ना कर्मचारीहरुलाई आफ्नो फोनबाट टिकटक हटाउन पनि आदेश दिएको छ ।

आधिकारिक युनिटहरुमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाइएको मन्त्रालयले जनाएको छ । त्यसैले कुनै आधिकारिक उपकरण वा सरकारी काममा समेत प्रयोग हुने फोनहरुमा टिकटक एप इन्स्टल गरेको भए तत्कालै अनइन्स्टल गर्न रक्षा मन्त्रालयले कर्मचारीहरुलाई निर्देशन दिएको छ ।

एक विज्ञप्तिमा रक्षा मन्त्रालयले भनेको छ कि स्केन्डेनिभियाली देशको साइबर सुरक्षा केन्द्रको आँकलन अनुसार यो एपले डिभाइसहरुमा विभिन्न खाले अधिकार तथा पहुँचका लागि अनुरोध गर्दछ जसबाट जासुसीकेा खतरा रहेको छ ।

गत महिनामात्रै डेनमार्कको संसदले सांसद तथा कर्मचारीहरुलाई जासुसीको जोखिमबाट बचाउनका लागि फोनबाट टिकटक हटाउन आग्रह गरेको थियो ।

अमेरिकाले हालै सरकारी स्वामित्वका सबै ग्याजेटमा टिकटकमाथि प्रतिबन्ध लगाएको छ ।

राष्ट्रिय सुरक्षाको हवाला दिँदै अमेरिकाको सिनेटले यस विषयमा एक विधयेक पनि पारित गरेको छ । उक्त विधयेकमा सरकारी कर्मचारीहरु तथा सरकारी ग्याजेटहरुमा टिकटक प्रयोगमािथ प्रतिबन्ध लगाउने उल्लेख छ

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254