गेरुवामा स्थायी शिक्षकलाई हाजिर नगराएर फिर्ता, भौरा क्षेत्रको सामूदायिक विद्यालयमा जनप्रतिनिधिहरुको प्रत्यक्ष दवाव रहेको गुनासो ।

मिन अधिकारी,

राजापुर बर्दियाको गेरुवा गाउँपालिकामा स्थायी शिक्षकलाई हाजिर नगरेर फिर्ता गरेपछि जिल्ला समन्वय र पालिकावीच तिक्तता बढेको छ ।

शिक्षा विकास तथा समन्वय ईकाइले मंशिर २१ गतेको पत्रअनुसार गेरुवाको पशुपति माध्यमिक विद्यालयमा मा वि तहको तृतीय श्रेणी नेपाली विषयको स्थायी शिक्षकलाई विव्यसको निर्णयले हाजिरी गर्न नदिइएको हो । विव्यसले तत्कालै विद्यालयमा हाजिरी गराउन नसक्ने भन्दै मंशिर २४ गते लिखित निर्णय नै गरेर पत्र पठाएकाले आफुले इकाइमा फिर्ताको पत्र पठाएको निमित्त प्रमुख प्रशाशकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख नवराज अधिकारीले वताउनु भयो । सामुदायिक विद्यालय शिक्षा स्थानीय सरकारमा आए पछि शिक्षक सेवा आयोग पास गरेर आएका शिक्षक तथा विभिन्न विद्यालयहरुमा रिक्त भएका दरबन्दी पुरा हुन नसेको देखिएको छ । पालिकाहरुले गुणस्तरीय शिक्षाको नारा दिने तर समयमा शिक्षक नियुक्ति पनि नगर्ने, सरुवा सहमति पनि नदिने र शिक्षक

नियुक्तिमा आफ्नो मान्छे राख्न विज्ञहरुलाई अनावश्यक दवाव दिने गरेको भन्दै जनप्रतिनिधिहरु चौतर्फी विरोधमा परेका छन् । जिल्लामा अन्य विद्यालयमा खाली दरबन्दी रहेपनि इकाइले जवरजस्ती गेरुवामा शिक्षक पठाएको भन्दै विरोध भए पछि पालिकाले केही समयका लागि रोकिए पदस्थापनाको जिम्मा पालिकाको भएकाले सोही शिक्षकलाई आइतबार विद्यालयमा हाजिरी गराउन पहल गर्ने गाउँपालिकाका अध्यक्ष जमान सिहं केसीले वताउनु भयो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254